आज अमेरिका-तालिवानबीच १८ वर्षपछि शान्ति सम्झौता हुँदै
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार १५:४१:२
१७ फागुन एजेन्सी । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को सदस्य अफगानिस्तानको दीर्घकालीन शान्तिका लागि शनिबार अमेरिका र तालिवान दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुँदै छ । अमेरिकाले अफगानिस्तानमा तत्कालीन तालिवान सरकारविरुद्ध युद्ध थालेको १८ वर्ष चार महिनापछि सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सार्क अध्यक्षका रूपमा नेपालले शान्तिका लागि थालिएको कदमको स्वागत गरेको छ ।
सम्झौतामा हस्ताक्षर भएसँगै अफगानिस्तानको काबुलमा पनि अमेरिका र अफगान सरकारबीच संयुक्त घोषणा हुँदै छ । अमेरिका–तालिवान सम्झौताको दश दिनपछि अफगानिस्तान सरकार र तालिवानबीच संवाद सुरु हुनेछ । काबुलमा संयुक्त घोषणा सार्वजनिक गर्न अमेरिकी रक्षामन्त्री मार्क एस्पर र उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ का महासचिव जिन्स स्लोटेनबर्ग शनिबारै काबुल पुग्दै छन् । उनीहरू र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच संयुक्त घोषणापत्र सार्वजनिक हुनेछ ।
अमेरिका र नेटोले अफगानिस्तानको शान्तिका लागि सुरु हुने घरेलु शान्ति प्रक्रियामा सघाउने वचनबद्धता जनाउनेछन् । शान्ति सम्झौताका कारण अफगानी राष्ट्रपति असरफ घानीको शपथ ९ मार्चका लागि सरेको अफगानिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ । शपथ शुक्रबारका लागि तय भएको थियो ।
तालिवानका १४ जना वार्ता टोली सदस्य र अफगानिस्तानको शान्तिका लागि अमेरिकाद्वारा नियुक्त विशेषदूत जालमेई खलिलजादबीच कतारमा भएको वार्तापछि २२ फेब्रुअरीमा सातदिने अस्थायी युद्धविराम भएको थियो । तालिवानका तर्फबाट कतारस्थित तालिवानको कार्यालयका उपप्रमुख मुल्लाह अब्दुल घानी बरादाले नेतृत्व गरेका छन् ।
शुक्रबार अपराह्नसम्म ३० देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि अमेरिका–तालिवान सम्झौता समारोहमा सहभागी हुन दोहा पुगेका छन् । अमेरिका र तालिवानबीच १० फागुनमा एकसाताका लागि युद्धविराम भएको थियो । सम्झौता समारोहमा सहभागी हुन भारतबाट विदेश सचिव हर्षवद्र्धन शृंगला र पाकिस्तानबाट परराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसी दोहा पुगिसकेका छन् ।
सम्झौता समारोहमा सहभागी हुन अफगानिस्तानका राष्ट्रपति घानीका तर्फबाट ६ जना प्रतिनिधिमण्डल शुक्रबार दोहा पुगेका छन् । अफगानिस्तान सरकारका प्रतिनिधि र तालिवान प्रतिनिधिबीच शनिबार नै प्रत्यक्ष संवाद हुनेछ । उनीहरूबीच अफगानिस्तानका विभिन्न जेलमा रहेका करिब पाँच हजार तालिवान कार्यकर्ता रिहाइका विषयमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार