गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुरू
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार १८:१४:३
![](https://nepalbahas.prixacdn.net/media/albums/IGP-gyawali_5ntLfHR1Da.jpg)
१७ फागुन, कास्की । नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा शुक्रबारदेखि शुरू भएको छ ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको अध्यक्षतामा शुरू भएको उक्त गोष्ठीको हिजोको उदघाटन सत्र सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले शान्ति सुरक्षा विकास र समृद्धिसँग जोडिएकाले नागरिकले प्रत्यक्ष शान्ति सुरक्षाको अनुभूति हुने गरी सुरक्षा निकायहरुलाई थप श्रोत साधनयुक्त साथै सुदृढिकरण गर्दै लैजानुपर्ने बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, शान्ति सुरक्षा, मुख्य सुरक्षा चुनौती तथा समस्या, अपराधको समग्र तथ्याङ्क विश्लेषण र समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतका गतिविधि एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिए ।प्रहरी महानिरीक्षक ज्ञवालीले वर्तमान सुरक्षा चुनौतीहरुलाई पहिचान गरी समयमै समाधान गर्न नेपाल प्रहरीका साथै अन्य सुरक्षा तथा प्रशासनिक निकायहरुको समन्वय र सहकार्यबाट एकिकृत रणनीतिक कार्ययोजना तयार पारी लाग्नुपर्ने बताए ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्की, गृह मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखाका प्रतिनिधिहरुले सुरक्षाका विविध विषयमा आ-आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेको उक्त गोष्ठीको हिजोको सत्रमा गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, वर्तमान सुरक्षा चुनौती, उपलव्ध साधन स्रोत, भावी रणनीतिक योजना लगायतका विविध विषयमा सहभागीहरुबीच छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान समेत भएको थियो ।
आज शनिबार सम्पन्न हुने उक्त गोष्ठीको हिजोको सत्रमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्याल, नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति गोकुल भण्डारी, गृहमन्त्रालयका प्रबक्ता तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख केदारनाथ शर्मा, बिपद तथा द्वन्द्व व्यबस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरे, प्रशासन महाशाखा प्रमुख रामप्रसाद आचार्य, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागका महानिर्देशक जितेन्द्र बस्नेत लगायत गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान
फागुन ५, २०८१ सोमबार
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान
फागुन ५, २०८१ सोमबार
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार