बरु ऋण लागोस् तर घिन नलागोस्
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार २०:२३:२८
निर्मला पन्त बलात्कार काण्डबाट बदनाम हुँदै आएको सरकार शहरी बिकास राज्यमन्त्रीको आर्थिक सल्लाहकार हुँ भन्ने अमृतकुमार घलेसम्म आईपुग्दा अर्धनग्न हुँदै नग्नतातर्फ अग्रसर भैरहेको देखिन्छ । घलेले एक युवतीलाई ३ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको घटना सञ्चारमाध्यममा आएसँगै सरकार देशको विकास निर्माणमा लागेको या अबोध किशोरीहरुको अस्मिता लुटने ध्याउन्नमा मात्रै लागेको हो भन्ने कुरा छुट्याउन मुस्किल परेको छ ।
आमनागरिक अन्यायमा परे भने न्यायका लागि याचना गर्ने निकाय भनेको सरकार हो । सरकारले निर्माण गरेका संवैधानिक निकायहरु हुन । अदालत हो । प्रहरी प्रशासन हो । स्थानीय सरकार हो । तर अहिलेको वर्तमान अवस्थामा यी सबै विषय कुनै अमुक राजनीतिक दलका कार्यकर्ताहरुको क्रिडास्थल मात्र भएको देख्दा आमनागरिकमा न्यायका लागि गुहार गर्ने ढोकाहरु बन्द भए झै लाग्न थालेको छ । नागरिक अन्यायमा परेमा न्याय माग्न संबन्धित निकायमा भन्दा राजनीतिक दलका नेताको शरणमा जान बाध्य भएका छन् ।
यसले राज्यमा रहेका अदालत, न्याय निरुपण गर्ने निकायहरु, प्रहरी प्रशासन र सिंगो सरकारको औचित्यमाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । नागरिकमा सरकार प्रति बितृष्णा पैदा हुनु भनेको सरकारले सञ्चालन गरेका तमाम राम्रा कामहरु ओझेलमा पर्नु हो । एउटा सानो खराब कामले सरकारका तमाम राम्रा कामहरुलाई प्रभावित गर्ने गर्दछ ।
पहिला पहिलाका घटनाहरुलाई चुनौति दिदैं अहिलेको सरकारसम्म आईपूग्दा अबोध बालिकाहरुलाई बलात्कार गर्ने र हत्या गर्नेसम्मका काण्डहरु सतहमा आएको देख्दा र यस्ता जघन्य अपराधहरुलाई सरकारले नै ढाकछोप गरेको देख्दा अघिल्ला सरकारहरु भन्दा यो सरकारले यस बिषयमा भने निक्कै ठूलो फड्को मारेको देखिन्छ ।
बलात्कार, हत्या, हिंसा अहिले मात्रै ह्वात्तै आएर बढेका भने किमार्थ होईनन् । यस्ता घटना यसअघि पनि हुने गर्दथे । तर सूचना र सञ्चारको अभावमा र सामाजिक बहिष्करणको डरमा धेरै हदसम्म सुशुप्त अवस्थामा रहन्थे । अहिले सूचनाको पहुँच र नागरिकमा बढेको आत्मबिश्वासका कारण समस्याहरु सतहमा आएका हुन । विगतका केही कुराहरुलाई केलाउने हो भने राजनीतिक दलहरुका अन्तरजातिय विवाह कही कतै यस्तै घटनाहरुको मूर्तरुप त हैन ? अधिकांश राजनीतिक दलका राजनीतिक व्यक्तित्वहरुको अन्तरजातिय विवाहको पर्दा पछाडिको रहस्य भने अहिलेसम्म बाहिर आउन सकिरहेको छैन ।
ऊ बेलाको सामाजिक परिवेश, राजनीतिक पद्धति र दर्बिलो कानूनका सामू राजनीतिक नेताहरुका सामू नैतिक प्रश्न उठने डर थियो । यसरी आफुले गरेका गल्तीहरु बाहिर आउने डरले ऊ बेलाका राजनीतिक व्यक्तिहरुमा एकप्रकारको सामाजिक परिबन्ध पनि थियो होला । त्यसैले यस्ता परिघटनाहरुबाट नै वैवाहिक जीवनको शुरुवात भएको त थिएन ? अनुमान मात्र लगाउन सकिन्छ ।
अब मुलुकमा न्याय हराउँदै जान्छ । अनि बिस्तारै सरकारप्रति नागरिकको विश्वास पनि घटदै जान्छ । बाबु अपराधी छ भने आफ्नै छोराछोरी पनि बाबुको छेउ पर्न डराउँछन् । अहिलेको सरकार र जनता बीचको सम्बन्ध पनि बिस्तारै यस्तै अवस्थामा पुग्ने निश्चित छ ।
झ्यालबाट अर्काको कोठामा छिर्न खोजेका दलका नेता तथा मन्त्रीहरुका अभिष्ठहरु यसभन्दा अगाडि पनि प्रशस्तै आउने गरेका हुन । कति समाचारमै नआई भित्रभित्रै उदाए अनि अस्ताए पनि । तर पहिला पहिलाका घटनाहरुलाई चुनौति दिदैं अहिलेको सरकारसम्म आईपूग्दा अबोध बालिकाहरुलाई बलात्कार गर्ने र हत्या गर्नेसम्मका काण्डहरु सतहमा आएको देख्दा र यस्ता जघन्य अपराधहरुलाई सरकारले नै ढाकछोप गरेको देख्दा अघिल्ला सरकारहरु भन्दा यो सरकारले यस बिषयमा भने निक्कै ठूलो फड्को मारेको देखिन्छ ।
निर्मला पन्तको बलात्कार काण्डमा नेतृत्व पंक्तिकै संलग्नता रहेको समाचारले केही दिनसम्म सडक तताए पनि आखिर कुनै सकारात्मक प्रतिफल निकाल्न भने सकेन । कानूनका रक्षक नै भक्षक भएपछि सर्वसाधारणले नागरिकको न्याय माग्न जाने दरबाजा बन्द हुनु स्वभाविकै हो । अब मुलुकमा न्याय हराउँदै जान्छ । अनि बिस्तारै सरकारप्रति नागरिकको विश्वास पनि घटदै जान्छ । बाबु अपराधी छ भने आफ्नै छोराछोरी पनि बाबुको छेउ पर्न डराउँछन् । अहिलेको सरकार र जनता बीचको सम्बन्ध पनि बिस्तारै यस्तै अवस्थामा पुग्ने निश्चित छ ।
पहिला पहिला हामी सानो छँदा हजुरबा हजुरआमाहरुले भन्ने गर्नुहुन्थ्यो । बाबु ! “ऋण लागोस् दिन नलागोस्” ऋण लाग्यो भने एकदिन कमाएर तिर्न सकिन्छ । तर दिन लाग्यो भने सबै सर्वनाश हुन्छ । अहिले भने पहिलाको उक्ति नै फेरिएझैं भएको छ । सरकारका एकपछिका अर्काे काण्डैकाण्ड देख्दा आमसर्वसाधारण मानिसहरुले भन्न थालेका छन् “बरु ऋण लागोस् तर घिन नलागोस्” । घिनलाग्दा काम गरेर जग हसाउँने काम नगर्नु । सरकारका एकपछि अर्को घिनलाग्दा व्यवहारबाट नागरिकहरु आजित भएर सरकारलाई यस्ता घिनलाग्दा कामहरु नगर्न सुझाईरहेका छन् ।
सरकारले बाटो बनाईरहेको छ । पुल, कल्भर्ट, भवन, स्कूल, स्वास्थ्य चौकी बनाईरहेको छ । विकास निर्माणका कामले तीव्रता पाईनै रहेको छ । तर आमनागरिकले नपचाउने र समाजले नरुचाउने एकदुई कामले सिंगो सरकारको बेईज्जती भईरहेको छ । जनताका प्रतिनिधि भएर आएका जनताका अभिभावकहरुबाट हुने गरेका केही अलोकतान्त्रिक र अशोभनिय कामहरुले सिंगो सरकारको मुल्यांकन हुने गर्दछ ।
सिंगो पुस्तकको ज्ञाता भएर पनि कुनै अर्थ रहदैन जब सोही पुस्तकबाट परीक्षामा सोधिएका दुईतीन प्रश्नको सही उत्तर दिन सकिएन भने । राजनीतिक दर्शन र सिद्धान्तको जानकार भएर मात्रै कुनै महत्व राख्दैन जब सैद्धान्तिक बहस सञ्चालन गर्न सक्दैन भने । सरकार सञ्चालन गर्ने सिद्धहस्त राजनीतिक नेतृत्वको पछाडि रहेको सल्लाहकारहरुको जमातबाट नेतृत्वलाई सफल या असफल बनाउने निश्कर्ष निकाल्न सकिन्छ ।
जनताले तीव्र विकास खोजी रहेका छन् । गरिबीबाट मुिक्त खोजीरहेका छन् । सामाजिक न्याय खोजीरहेका छन् । सुशासन र भ्रष्ट्राचारमुक्त समाज खोजिरहेका छन् । सरकार भने भ्रष्ट्राचारमा चुर्लुम्म डुबेका व्यक्तिलाई महादेवले मरेकी सतिदेवीको लाश खोकिलामा च्यापेर हिडेजस्तो नागरिकबाट गन्हाएका व्यक्तिहरुलाई काखी च्यापेर हिडिरहेको छ । बलात्कारीलाई उन्मुक्ति दिन लागि परिरहेको छ । अपराधीलाई आफ्नाे बनाउने र नागरिकलाई दुश्मन बनाउने प्रपञ्चमै सरकार लागिरह्यो भने सरकारको अवसान अबसंभावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार