दूध प्रसोधन उद्योग सञ्चालनमा : कृषकमा खुशियाली
नेपालबहस संवाददाता
फागुन १७, २०७६ आइतबार १:१०:३६
१७ फागुन म्याग्दी । म्याग्दीको बेनीमा दूध प्रसोधन उद्योग सञ्चालनमा आएको छ । धौलागिरि डेरी उद्योगले औपचारिक क्षेत्रमा उत्पादन हुने दूधलाई संकलन गरी दूध कम उत्पादन हुने स्थानमा पठाउनका लागि दूध प्रसोधन उद्योग सञ्चालनमा ल्याएको हो ।
दूध प्रसोधन उद्योग सञ्चालनमा आएपछि उपभोक्ताले अब स्वच्छ र गुणस्तरीय दूध उपभोग गर्न पाउनुका साथै खपत नभएको दूध बिक्री नहुने समस्याबाट यहाँका कृषकले मुक्ति पाएका छन् । गण्डकी प्रदेशको पशु विज्ञ तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा दूध प्रसोधन उद्योग सञ्चालन गरेको सञ्चालक वीरेन्द्र उपाध्यायले बताए ।
रु २८ लाखको लगानीमा स्थापित उद्योगमा जडित उपकरण खरिदमा निर्देशनालयले चालीस प्रतिशत अनुदान उपलब्ध गराएको उनले जानकारी दिए । किसानले उत्पादन गरेको दूध प्रसोधन गरेर विभिन्न दूग्धजन्य पदार्थ उत्पादन गर्न सकिने सञ्चालक उपाध्यायले बताए । ‘‘दूधमा मिसावट भएको छ वा छैन ? कुन तत्व कति प्रतिशतमा छ भन्ने सबै परीक्षण गर्न सकिन्छ,’’ उनले भने ‘‘गुणस्तरीय दूध बिक्रीका साथै दूग्धजन्य पदार्थ उत्पादन गर्न सकिन्छ ।’’
उद्योगमा एक घण्टा दूध चिस्याएपछि ७५ घण्टासम्म सुरक्षितरुपमा भण्डारण गर्न सकिन्छ । म्याग्दीमा यसअघि यस्तो सुबिधा थिएन् । उद्योगमा दूधको गुणस्तर परीक्षण गर्ने अत्याधुनिक एनालाइजर मेसीनसमेत जडान गरिएको छ । प्याकेजीङ गर्ने उपकरण पनि छ । पासराइजीङ, आइक्रिम, मिल्क क्यान, क्रिम सेपरेटर, पनिर बनाउने मेसिन पनि उद्योगमा राखिएको छ । किसानले ल्याएको दूध पाइपमार्फत उद्योगको क्यानमा खनाउन सकिन्छ । उद्योगको क्षमता ५०० लिटरको हो ।
गण्डकी प्रदेश सरकारको सहयोगमा बेनीकै दोभान कृषि सहकारी संस्थाले मङ्गलाघाटमा पनि दूध सङ्कलन तथा प्रसोधन उद्योग सुरु गरेको अध्यक्ष अमृतादेवी बानियाले बताए । खपत नभएको दूधलाई प्रसोधन गरेर घीउ, पनिर, दही र छुर्पी बनाउने सञ्चालक उपाध्यायले बताए । दैनिक तीन हजार लिटर दूध खपत हुने बेनीमा जिल्लाका कृषकले दुई हजार लिटरको हाराहारीमा आपूर्ति गर्दै आएका छन् ।
पछिल्लो समय बेनी आसपासका क्षेत्रमा व्यवसायिक गाईभैँसीपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै दूधलाई बजारको समस्या थियो । प्रसोधन उद्योग सञ्चालन भएपछि बिक्री र खपत नभएको दूध बोकेर घर फर्कनुपर्ने समस्या हट्ने कृषक सुरेश ढुङ्गानाले बताए ।
पहाडी जिल्ला म्याग्दीमा व्यावसायिक गार्ईभैँसीपालनमा कृषकको आकर्षणसँगै दूध उत्पादन बढ्दै गएको छ । बेनी नगरपालीकाको अर्थुङ्गे, सिङ्गा, घतान, पात्लेखेत, मङ्गला गाउँपालिकाको बाबियाचौर, बरङ्जा, अर्मन, रघुगङ्गा गाउँपालिकाको पिप्ले र अन्नपूर्ण गाउँपालिकाको पाउद्धार, घारका कृषकले दूध उत्पादनका लागि उन्नत जातको गार्ईभैँसी पालेका छन् ।
विश्व स्वास्थ्य संघका अनुसार एक जना व्यक्तिले एक दिनमा २ सय ५० एमएल दूध उपभोग गर्नुपर्छ । नेपालको सन्दर्भमा हेर्दा एक जना व्यक्तिले प्रतिवर्ष कम्तिमा ९२ लिटर दूध उपभोग गर्नुपर्ने देखिन्छ । नेपालमा उत्पादन हुने दूधका आधारमा एक व्यक्तिले करिब ७२ लिटर वार्षिक दूध उपभोग गर्छन् । अहिले नेपालमा प्रतिव्यक्ति वार्षिक २० लिटर दुध अपुग भइरहेको बताइएको छ ।
नेपालमा गाईको वार्षिक न्यूनतम १४ प्रतिशत र भैँसीले २६ प्रतिशत दूध उत्पादन हुने गरेको छ । यसरी गाईको वार्षिक ६ सय २७ लिटर दूध र भैसीको ८ सय ९३ प्रतिशत दूध उत्पादन हुने गरेको राष्ट्रिय दूग्ध विकास बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार