फागुन १६ गते राजश्व संकलनमा भारी ह्रास र खर्च पनि निराशाजनक
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १६:४४:३
राजश्व संकलन र खर्चको लक्ष्य भेट्न नसकिने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक चालु आर्थिक वर्षको २२६ दिनसम्मको विवरण
१८ फाल्गुण, काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि सबैभन्दा चर्काएको नारा हो “समृद्ध नेपाल सुखी नेपाली” । दुई बर्षको यो अवधिमा प्रधानमन्त्री मात्र होइन, उनलाई खुशी पार्ने नाममा उनका मन्त्री, सरकारी कर्मचारी र कार्यकर्ताहरु पनि खुवै घोकेको नारा हो यो ।
अराजनीतिक पृष्ठभुमिका अर्थमन्त्री डा.युवराज खतिवडाले निकै महत्वकांक्षाका साथ बजेट भाषणमा राखेको लक्ष्य हासिल गर्न उनै मातहतका कार्यलयहरुले पुरा गर्न नसकेपछि पसिना छुटन थालेको छ । न्युन विकास खर्च मात्र होइन राजश्व संकलनमा समेत सरकार असफल हुन थालेको छ । लगानी सम्मेलन मार्फत घोषणा भएको वैदेशिक लगानी भित्र्याउने लक्ष्य हावादारी सावित भैसकेको परिपेक्ष्यमा ऋण, अनुदान भित्र्याउन समेत सरकार असफल सिद्ध भएको छ ।
स्वदेश कै उद्योगी व्यापारीहरुले थप लगानीको भविश्य सुनिश्चित नदेखेको, भैरहेको लगानीमा संकट आउन लागेको तथा करको भारले थिचिएर निस्सासिएको रहेको बेला अर्थमन्त्रालय मातहत कै महालेखा नियन्त्रक कार्यालयको राजश्व संकलन र खर्च बारे चालु आर्थिक बर्षको २२६ दिनसम्मको विवरण हेर्दा कहाली लाग्दो अवस्था देख्न सकिन्छ ।
राजश्व संकलनतर्फः
राजश्व संकलन र खर्चको तथ्यांकले मुुलुकको अर्थतन्त्रको तस्वीर झल्काउँछ । तर चालु आर्थिक वर्षमा २२६ दिन व्यतीत भई रहँदा राजश्व संकलन र खर्चको तथ्यांकले निराशाजनक अवस्था चित्रण गरेको छ । २०७६ साल फागुन १६ गतेका दिन कुल रु ७१ करोड ५८ लाख राजश्व संकलन भएको छ । लक्ष्य अनुसार राजश्व संकलन हुन हरेक दिन कम्तीमा पनि रु. ३ अर्ब ४ करोड ६७ लाख बराबर राजश्व संकलन हुनपथ्र्यो ।
२०७६ साल फागुन १६ गते सम्म रु. ५ खर्ब १७ अर्ब २५ करोड ९८ लाख राजश्व संकलन भएको छ । तर लक्ष्य अनुसार राजश्व संकलन हुन उक्त अवधिमा रु. ६ खर्ब ८८ अर्ब ५४ करोड ६६ लाख राजश्व संकलन हुनुपथ्र्यो । यसरी २०७६ साल फागुन १६ गते मात्रै लक्ष्य भन्दा रु. २ अर्ब ३३ करोड ९ लाख कम राजश्व संकलन भएको छ । यस आर्थिक वर्षका यी २२६ दिनसम्ममा लक्ष्य भन्दा १ खर्ब ७१ अर्ब २८ करोड ६८ लाख कम राजश्व संकलन भएको छ ।
खर्चतर्फः
खर्चतर्फ पनि फाल्गुण १६ गते निराशाजनक नै रहेको छ । २०७६ साल फागुन १६ गतेका दिन कुल रु २ अर्ब ४४ करोड ८० लाख खर्च भएको छ । जब कि लक्ष्य अनुसार खर्च हुन हरेक दिन कम्तीमा पनि रु. ४ अर्ब १९ करोड ९९ लाख बराबर खर्च हुनपथ्र्यो । २०७६ साल फागुन १६ गते सम्म रु. ५ खर्ब ५६ अर्ब ५ करोड ८ लाख खर्च भएको छ । तर लक्ष्य अनुसार खर्च हुन उक्त अवधिमा रु. ९ खर्ब ४९ अर्ब १७ करोड ९६ लाख खर्च हुनुपथ्र्यो ।
२०७६ साल फागुन १६ गते लक्ष्य भन्दा १ अर्ब रु. ७५ करोड १९ लाख कम खर्च भएको छ । यस आर्थिक वर्षका यी २२६ दिनमा अनुमानित लक्ष्य भन्दा रु.३ खर्ब ९३ अर्ब १२ करोड ८८ लाख कम खर्च भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार