आर्थिक बन्दीका कारण चीनको वायु प्रदूषण आधाले घट्यो
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १८:७:०
१८ फागुन काठमाडौं । कोरोना भाइरसका कारण चीनमा भइरहेको आर्थिक बन्दीका कारण त्यहाँको वायु प्रदूषण झण्डै आधाले घटेको नासाले जनाएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्याटेलाइटबाट खिचिएका तस्बिरहरुले चीनका मुख्य सहरहरुको प्रदूषण घटेको देखाएको हो ।
भाइरस प्रकोपका कारण कारण चीनमा औद्योगिक क्षेत्रहरु र सवारी साधन ठप्प छन् । यातायात र औद्योगिक क्षेत्र ठप्प हुँदा नाइट्रोजन डाइअक्साइडको उत्सर्जनमा कमी आएको हो । नासाको तथ्यांकअनुसार सन् २०२० को जनवरी र फेब्रुररीमा प्रतिवर्गमिटरमा उत्सर्जित नाइट्रोजन डाइअक्साइडको मात्रा शून्यदेखि १ सय २५ मोलिक्युल ‘अणु’ एवं बढीमा २ सय ५० मात्रै छ । तर, सन् २०१९ को यसै अवधिमा उत्सर्जित यसको मात्रा प्रतिवर्गमिटर ५ सय मोलिक्युलसम्म पुगेको थियो ।
‘यति ठूलो मात्रामा प्रदूषणको स्तर घटेको तथ्यांक मैले पहिलो पटक देख्दै छु’, नासाको गोडार्ड अन्तरिक्ष केन्द्रका अनुसन्धानकर्ता फे लिउले भनेका छन् । यसअघि सन् २००८ को बन्दीका वेला प्रदूषणको मात्रामा कमी आएको थियो । तर, त्यसवेला भन्दा अहिले झन् कमी आएको देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार