५६६ बालगृहमा ८१ हजार बालबालिका संरक्षित
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १८:१६:११
१८ फागुन, काभ्रेपलाञ्चोक । साहराविहीनबाहेक अन्य बालबालिकालाई संरक्षित नगर्न बालगृह सञ्चालकलाई आग्रह गरिएको छ । बालगृह महासङ्घद्वारा धुलिखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साहरा भएका बालबालिकालाई ‘संरक्षित’का नाममा बालगृहमा राख्न नहुने धारणा व्यक्त गरियो ।
साहराविहीनबाहेक बालबालिकालाई कुनै पनि अवस्थामा बालगृहमा संरक्षित गर्न नहुने महासङ्घका केन्द्रीय अध्यक्ष दुर्गा मैनालीले बताएका छन् । “स्थानीयस्तरबाटै साहराविहीन भएको प्रमाणित गरेर मात्रै बालबालिकालाई बालगृहमा राखौँ, अन्यथा भए परिवारमा हस्तान्तरण गरिहाल्नुस्”, उनले भने । जुनसुकै उद्देश्यले बालगृह स्थापना गरिए पनि प्रमुख विषय बालअधिकार नै भएकाले यसप्रति विशेष ध्यान दिन उनले आग्रह गरे ।
सरकारको कुनै पनि बालबालिका सडकमा नहोस् भन्ने उद्देश्यलाई सहयोग पु¥याउन बालगृहले उल्लेख्य भूमिका खेलेको अध्यक्ष मैनालीले बताएका छन् । उनले भने, “सरकारले बालगृहका क्षेत्रमा नीति बनाउँदा संरक्षित बालबालिकाको नागरिकता पाउने अधिकारमा खुकुलो बनाइदेओस् ।” उनका अनुसार मुलुकका ५६६ बालगृहमा ८१ हजार बालबालिका संरक्षित छन् । महासङ्घले आगामी वैशाख २० गते राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।
महासङ्घका महासचिव विजयकुमार प्रधानले सरकारले गत असार मसान्तभित्र साहरा भएका बालबालिकालाई हस्तान्तरण गर्न भनेकोमा कसैले त्यस्ता संरक्षित गरेको भए तत्काल हस्तान्तरण गर्न आग्रह गरे । उनले भने, “साहरा भएका बालबालिकालाई हस्तान्तरण गर्नुपर्छ, बालगृहलाई सेवाको हिसाबमा प्रयोग गरौँ, पेशा नबनाई पारदर्शी ढङ्गले काम गरौँ”, उनले राज्यका अङ्गले बालगृहको नियमित अनुगमन आग्रह गर्दै बालगृहका संरचना राज्कै भएकाले नीति निर्माणमा बालअधिकारलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
चलचित्रकर्मी यादव भट्टराईले नितान्त टुहुरा बालबालिकालाई मात्रै बालगृहमा संरक्षित गर्न आग्रह गरेका छन् । “बालबालिका बिक्री गर्ने थलोको आरोपबाट मुक्त हुनुस्, साहराविहीनलाई साहरा दिनुस् यो नै पुण्यकर्म हो”, उनले भने ।
यसैबीच केन्द्रीय बालकल्याण समितिका एक टोलीले बनेपा नगरमा रहेका पाँच सडक बालबालिकालाई उद्धार गरेको छ । टोलीले हालै बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेसँग छलफल गरी पाँच सडक बालबालिकालाई उद्धार गरी काठमाडौँस्थित एक पुनःस्थापना केन्द्र पठाइएको समितिले जनायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार