बामदेवबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक फेरि बस्यो
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १८:१९:४
१८ फाल्गुण, काठमाडौं । सत्तारुढ नेकपाभित्र बामदेव प्रकरणले रडाको मच्चिइरहेका बेला अहिले त्यही सन्दर्भलाई लिएर सचिवालय बैठक बसिरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकले गत बुधबार गरेको निर्णय कार्यान्यवयनको विषयमा छलफल गर्दैछ ।
पर्सी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाको एक सदस्यको पूर्ति गर्न सचिवालय बैठकले बामदेव गौतमको नाम अघि सारेको थियो । तर प्रधानमन्त्री ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन चाहन्छन् । यही विषयलाई लिएर पार्टीभित्र दुईधारले रस्साकस्सी गरिरहेको छ ।
यही विषयलाई लिएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच टकरावको स्थिति आएको छ । पार्टी सचिवालय बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने अडान ओली र ईश्वर पोखरेल बाहेक प्राय सबै नेताको रहेको छ । यो प्रकरणलाई मत्थर बनाउन पार्टीका अर्का नेता माधवकुमार नेपालले राम्रै दौडधूप गरेका छन् ।
बामदेवलाई राष्ट्रियसभामा लगेर कुनै उपलव्धि नहुने तर्क माधव पक्षकै कतिपय नेताहरुले बोल्न थालेका छन् । माधव निकट नेता सुरेन्द्र पाण्डेका अनुसार नेपालको संविधान २०७२ ले बामदेवलाई राष्ट्रियसभामा लैजान नरोके पनि मन्त्री वा प्रधानमन्त्री बन्नबाट चाहिं रोकेको छ । संविधानले प्रतिनिधिसभामा पराजित कुनैपनि व्यक्ति उक्त सभा रहुञ्जेल संघीय मन्त्री बन्न नपाउने व्यवस्था गरेको उनले बताएका छन् ।
यसरी हेर्दा बामदेवले राष्ट्रियसभामा जान मरिहत्ते गर्नुपर्ने कुनै कारण नभएको पनि पाण्डेले बताएका छन् । आजको सचिवालय बैठकमा यही विषयमा छलफल हुने र एउटा निश्कर्षमा पुगिने जानकारी एकजना सदस्यले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार