तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १८:५३:३०
१८ फागुन जाजरकोट । डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप जाजरकोट–डोल्पा सडकखण्डमा निर्वाध रुपमा सडकमा गुडिरहेकाछन् ।
यातायातका साधन तुइनमा तारे पनि यस सडकखण्डमा इन्धनको डिपो नहुँदा दैनिक तुइनबाटै इन्धन भरिएका ड्रमहरु ओसारिँदै आइएको छ । सल्यानको सल्लीबजारमा मात्र रहेको इन्धनको डिपो जाजरकोट सदरमुकाममा समेत छैन । डिपो नहुँदा गाडी चलाउनका लागिसल्लीबजार अर्थात बजारमा राखिएको मिसावटयुक्त इन्धन प्रयोग गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् ।
गाउँ–गाउँमा सञ्चालनमा रहेका यातायातका साधन चलाउनका लागि मानिसले पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता रहँदै आएको छ । यसरी बोकेर ल्याइएको इन्धन रु २० देखि ३० सम्म महङ्गो पर्ने यातायात व्यवसायी नवराज सिंहले जानकारी दिए । व्यवसायीले ड्रम र जर्किनमा भरेको इन्धन गाडीमा प्रयोग गर्नको विकल्प नरहेको उनको भनाइ छ ।
तीन तहका सरकारको पहलमा जाजरकोट, रुकुम र डोल्पाका विभिन्न भागमा सयौँ किलोमिटर सडक निर्माण भई यातायातका साधन सञ्चालनमा छन् । जाजरकोट–डोल्पा, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्गसमेत जाजरकोटबाटै भएर जाने गर्दछ । सडक निर्माणको काम पूरा भएपछि स्थानीय बासिन्दाको गाडी चढ्ने सपना त पूरा भयो तर इन्धनको चर्को मुल्यका कारण भाडादर चर्को हुँदा यात्रु मारमा पर्दै आएका छन् ।
गाउँमै गाडी चलाउन त पाइएको छ तर जीपमा प्रयोग हुने इन्धन नदी पार गराउन कम्ती सास्ती छैन । यातायात व्यवसायी धनबहादुर रावतले भने, “नदीमा गाडी जाने पुल छैन, ड्रममा बोकेको इन्धनले गाडी सञ्चालन गर्नुपर्ने बाध्यता छ, सडकको ट्र्याक खोल्ने क्रममा प्रयोग गरिएको इन्धन पनि तुइनबाटै नदीपारि पठाइएको थियो ।”
सडक निर्माण गरे पनि भेरी नदीमा पुल नहुँदा तुइनकै भरमा सबै काम हुँदै आएको छ । फलामको लहरोमा जोडिएको तुइनबाट गाडीदेखि इन्धन ओसारिँदै आइएको छ । यसरी वारपार गर्दा रु ५० हजारभन्दा बढी खर्च हुने गरेको छ । भेरी नदीको तुइनमा तीन वर्षअघि जीपहरु तारिएको थियो ।
अहिले पनि दैनिक तुइनमार्फत यातायातका साधनदेखि अन्य सामग्री सारिँदै आइएको डोल्पा त्रिपुरासुन्दरीका धनबहादुर खत्रीले बताए । जाजरकोट, डोल्पा र रुकुम जिल्लामा सडक निर्माणको कामदेखि स्थानीय तह हुँदै जिल्लाका सरकारी कार्यालयमा प्रयोग हुने सबै इन्धनका बोकेर ल्याएर प्रयोगमा आइरहेको छ ।
तीन जिल्लामा छैन इन्धनको डिपो
जाजरकोट, रुकुमपश्चिम र डोल्पामा इन्धन प्रयोग गर्ने डिपो नहुँदा समस्य हुँदै आएको छ । सल्यानको सल्लीबजारमा रहेको नेपाल आयल निगमको डिपोबाट तीन जिल्लाको काम हुँदै आएको छ । सोही डिपोबाट खरिद गरी ल्याइएको इन्धन स्थानीय व्यापारीले पसलमा राखेर जोखिमपूर्ण तरिकाले व्यापार गर्दै आएका छन् ।
दुई वर्षअघि जाजरकोट सदरमुकामको बसपार्कमा इन्धन भण्डारण गरी राखिएको घरमा आगलागी हुँदा जनधनको ठूलो क्षति भएको थियो । त्यस्तै समय–समयमा इन्धन अभाव हँुदा यो क्षेत्रमा सञ्चालन हुने यातायातका साधनदेखि विकास निर्माणका कामसमेत ठप्प हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार