पर्यटन प्रवद्र्धनका लागि दौडको सहारा : स्थानीय तह
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १९:२३:२०
१८ फागुन, तनहुँ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं सङ्घसंस्थाले पर्यटकीयस्थलको प्रचारप्रसार गर्न दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका अवस्थामा उक्त ठाउँमा पर्यटक आकर्षित गर्न खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको बताइएको छ ।
तनहुँको देवघाट गाउँपालिका–२ स्थित पर्यटकीयस्थल घण्टाचुलीको प्रवद्र्धनका लागि दौड प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थलको प्रवद्र्धनका लागि दौड प्रतियोगिता गर्न लागिएको हो । देवघाट युवा तथा खेलकूद विकास समितिको आयोजनामा यही फागुन २३ गते कोटबैदी पालुराजा मन्दिरदेखि छिपछिपे दर्शन भञ्ज्याङसम्म ६।५ किमी दूरीको दौड प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक एवं घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्क आलेले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावककलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।
देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुन्द्र सतहदेखि एक हजार ६३० मिटर उचाइमा छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको यस ठाउँमा राजदरबार, राजगद्दी, चौकीका भग्नावशेष रहेको छ । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजङ्गलमा अवस्थित यस ठाउँमा लालीगुराँस ढकमक्क फूलेको देख्न सकिन्छ । यस ठाउँबाट नेपालका १७ जिल्ला देख्न सकिने आलेले बताएका छन् । उनका अनुसार यस ठाउँबाट हिमशृङ्खलाका मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ । समितिले घण्टाचुलीको प्रचारप्रसारका लागि फागुन २३ गतेदेखि २७ गतेसम्म दोस्रो घण्टाचुली पर्यटन महोत्सवको आयोजना गरेको छ ।
यसैगरी व्यास नगरपालिकाले पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यही फागुन २५ गते व्यास गुफादेखि तनहुँसुरसम्म महिला दौड प्रतियोगिता गर्न लागेको छ । गत माघ १६ गते शहीद दिवसको अवसर पारेर व्यास नगरपालिका–५ मानहुँदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरपालिकाले यस वर्षदेखि नारी दिवसका अवसरमा खुला हाफ म्याराथन गर्न लागेको उपप्रमुख मीरा जोशीले जानकारी दिएका छन् । पुरुष म्याराथनका कारण अहिले मानहुँकोट र पुलिमराङको व्यापक प्रचारप्रसार भएको नगरपालिकाले जनाएको छ ।
व्यास जन्मभूमि दमौली र ऐतिहासिक महत्व बोकेको तनहुँसुरलाई खेलका माध्यमबाट प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता गर्न लागिएको जोशीले बताएका छन् । एक्काईस किमी दूरीको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ४१ हजार ७६, रु ३१ हजार ७६ र रु २१ हजार ७६ प्रदान गरिनेछ । प्रतियोगितामा सान्त्वना हुने पाँच जनालाई जनही रु ११ हजार ७६ प्रदान गरिनेछ । व्यासगुफाबाट शुरु हुने दौड सफासडक, पृथ्वीराजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, धरमपानी, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित तनहुँसुर दरबारमा पुगेर सकिनेछ । प्रतियोगितामा देशभरबाट महिला धावकको सहभागिता रहने नगरपालिकाको अपेक्षा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
असोज २, २०८१ बुधबार
पशुपति मन्दिर क्षेत्र वरिपरि गरिएको सोह्रश्राद्ध तस्बिरमा हेर्नुस
असोज २, २०८१ बुधबार
सुदुरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
असोज १, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार