कर्मचारी अनुशिक्षण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १९:५४:५५
१८ फागुन, काठमाडौं । राष्ट्रसेवक कर्मचारीका लागि सकारात्मक चिन्तन र अभिप्रेरणात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा आज सम्पन्न कार्यक्रममा पूर्वसचिव कृष्णहरि बाँस्कोटाले प्रशिक्षण दिएका थिए । बाँस्कोटाले कर्मचारीको इमान्दारिता र लगनशीलताले लक्ष्यमा पु¥याउन सहयोग पुग्ने बताएका छन् ।
कर्मचारीमा इमान्दारिता र लगनशीलता नभए देशले समृद्धि प्राप्त गर्न नसक्ने उनको भनाइ छ । उनले भने, “कर्मचारीको लगनशीलताले मात्र देशले समृद्धि प्राप्त गर्न सक्छ ।” कर्मचारी जनताको सेवक भएका कारण जनतालाई उच्च प्रथामिकतामा राखेर काम गर्न जरुरत रहेको उनले बताए । सेवाग्राहीलाई सेवा प्रदान गर्दा सकारात्मक सोचका साथ गर्नु आवश्यक रहेको भन्दै उनले कर्मचारीलाई नकारात्मक सोच हटाउन आग्रह गरेका छन् ।
व्यक्तित्व विकासमा पनि सकारात्मक सोचले सहयोग गर्ने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, कर्मचारी मिलन केन्द्र जिल्ला शाखा अध्यक्ष महेन्द्र प्रसाद पोख्रेललगायतले बोलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार