असारे विकास अन्त्य हुदै
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार २२:०:१४
१८ फागुन, काठमाडौं । असारे विकास अन्त्य गर्ने र सुशासन कायम गर्ने भन्दै बागलुङको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम तथा योजना सम्झौता गर्ने अन्तिम मिति तोकेको छ । उपभोक्ता समितिलाई आगामी फागुन २० गतेभित्रै योजनाको सम्झौता गर्न नगरपालिकाले औपचारिक आग्रह गरेको हो ।
समयमा योजनाको सम्झौता नभएका कारण काम समयमा नहुने र अन्तिम समयमा हुने कामले परिणाम नदिने भन्दै फागुन २० सम्मको समयावधि दिइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताएका छन् । “कार्यपालिकाको निर्णयअनुसार सूचना प्रकाशन गरेर उपभोक्तालाई जानकारी गराएका छौँ”, शर्माले भने, “हिउँदमै काम सकेर बर्खा लागेपछि नयाँ योजना बनाउने र समीक्षा गर्ने काममा लाग्छौँ ।” जैमिनीमा हालसम्म ४० प्रतिशत योजनामा मात्रै सम्झौता भएका छन् ।
“बाँकी रहेका योजना सम्झौता गर्नका लागि वडा तहबाट नै जानकारी उपभोक्ताको घरघरमा पुगेको छ”, शर्माले भने, “समयमा सम्झौता नभए स्वीकृत कार्यक्रम पछि चल्ने छैनन् ।” नगरपालिकाले योजनाको काम सकेर फरफारक गर्ने मितिसमेत तोकेको छ । समयमा फरफारक भएमा मात्रै अनियमितता हुन नपाउने भन्दै जेठ मसान्तसम्मको मिति तोकिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए ।
गत वर्ष पनि बैशाखसम्म सम्झौता र जेठ मसान्तसम्म फरफारकको समय तोकिएको थियो । नब्बे प्रतिशत योजना समयमै सम्पन्न गरेको दाबी नगरले गरेको थियो । समयमा योजनाका काम सक्दा वर्षात् लागेपछि गुणस्तरहीन बन्ने पौडेलले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार