कोरोना सङ्क्रमणपछि घर फर्किने विरामीको दर ५२.१ प्रतिशत
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार १२:१७:४७
१९ फागुन फागुन । चीनमा नयाँ कोरोना भाइरस सङ्क्रमित विरामी निको भएर घर फर्किने दर ५२.१ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा एक पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण र निको भएर घर फर्किने विरामीबारे पछिल्लो जानकारी गराए । प्रवक्ता मीले भने, “चीनका सबै क्षेत्रमा सङ्क्रमितहरूको उपचारपछि घर फर्किने क्रम पछिल्ला केही दिनमा बढेको छ ।”
खासगरी कोरोना सङ्क्रमणबाट बढी प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानबाट पनि पछिल्ला दिनमा निको भएर फर्किने दर बढेको उनको भनाइ छ । उनले पछिल्ला केही दिनमा नयाँ सङ्क्रमित विरामीको सङ्ख्या क्रमशः कम हुँदै गएपछि यहाँका मानिसहरू काममा फर्किने क्रम पनि बढ्दै गए पनि अझै चीनबाहिर देखिएको बढ्दो सङ्क्रमणको दरसँगै तत्काल बन्द भएका उद्योग, विद्यालय तथा अन्य संस्थाहरूलाई तत्काल खुला गर्न खतराको अझै निर्णय नलिएको बताए ।
यद्यपि चीनले विभिन्न क्षेत्रमा फरक फरक उपायको अवलम्वन गर्दै सङ्क्रमणलाई फैलिनबाट रोक्ने प्रयासहरूलाई निरन्तरता दिइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार