डडेल्धुराका तामा व्यवसायी सङ्कटमा
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार १९:१०:५६
१९ फागुन काठमाडौं । आधुनिकीकरण र कच्चापदार्थ अभावले डडेल्धुराका तामा व्यवसायी सङ्कटमा परेका छन् । समयअनुसारको सीप र दक्षता नहुँदा तथा विकल्पमा अरू पेशा पनि नभएकै कारण तामाको काम गर्ने ताम्राकारको पेशा सङ्कटमा परेको हो ।
तामा सहज रुपमा बजारमा नपाइने हुँदा पनि व्यवसाय सञ्चालन गर्नका लागि समस्या भएको उनीहरुको गुनासो छ । तामाको कच्चा पदार्थका लागि नेपालगञ्ज वा भारत जानुपर्ने बाध्यता छ । पछिल्लो समय तामाका भाँडाकुँडाको विकल्पमा बजारमा प्लास्टिक र स्टिलका सामग्रीको प्रयोगले पनि आपूmहरुको पेशा सङ्कटमा पुगेको उनीहरुले गुनासो गरेका छन् ।
तामा व्यवसाय सङ्कटमा परेपछि यहाँका युवा भारत वा अन्य तेस्रो मुलुक जान बाध्य भएको अमरगढी–६ छचोडाका गङ्गाराम ताम्राकारले बताए । यहाँ उत्पादन गरिएको तामाका भाँडाकुँडा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशसम्मलगायत विभिन्न स्थानमा निर्यात हुने गरेका छन् ।
डडेल्धुरामा करिब २०० दलित परिवार तामा व्यवसायमा संलग्न रहेका छन् । युवा पुस्ताले नयाँ पेशाको खोजी गर्न थालेपछि तामाका भाँडाकुँडा बनाउने काम हराउँदै गएको अमरगढी नगरपालिका–६ का व्यवसायी दिलीप ताम्राकारले बताए ।
तामाको कच्चा पदार्थलाई गलाई हठौडाले ठोकी ताम्राकारहरुले भाँडाकुँडा बनाउँदा निकै मेहनत गर्नुपर्ने र शारीरिक रुपमा पनि निकै बल प्रयोग गर्नुपर्ने भएकाले नयाँ पुस्ता यसमा रुचि नराख्ने गरेको उनले बताए । राज्यले आफूहरुको सीप र कलाको उचित मूल्याङ्कन नगरेको उनको भनाइ छ । समयानुसार पेशालाई अधुनिकीकरण गरेमात्र तामाको व्यवसाय फस्टाउन सक्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार