भगवान पशुपतिनाथकाे नाम लिँदै माेदीले दिए ओलीलाई शुभकामना
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार १९:१९:१२
१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न तयार भएसँगै भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीलाई स्वास्थलाभको कामना गरेका हुन् ।
ट्वीटमा मोदीले मृगौलाको शल्यक्रियामा सफलता मिलोस् भन्दै शीघ्र स्वास्थलाभको कामनासमेत गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन् – मेरा प्यारा मित्र के पी शर्मा आलीजी ! तपाईंले गर्न लाग्नुभएको शल्यक्रिया सफल होस् र शीघ्र स्वास्थलाभ प्राप्त होस् । भगवान पशुपतिनाथबाट सदासर्वदा तपाईंको सुस्वास्थ, खुशी र दीर्घजीवनको आशीर्वाद प्राप्त होस् । साथै भारत नेपाल सम्बन्धलाई नयाँ उँचाईमा पुर्याउनका लागि तपाईंको योगदान निरन्तर रहोस् ।
प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि आज साँझ अस्पताल भर्ना हुँदैछन् । उनको पर्सि बुधबार शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार