कालीगण्डकी प्रसारण लाइन निर्माणमा ढिलाई
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २०:१:१४
१९ फागुन काठमाडौं । म्याग्दी र मुस्ताङमा जलविद्युतको विकासको आधार मानिएको कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माण कार्यमा ढिलाई भएको छ । यस क्षेत्रमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न कालीगण्डकी प्रसारण करिडोरअन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
लक्ष्यभन्दा निकै ढिला भइसक्दासमेत आयोजनाको कामले पूर्णता पाउन नसकेपछि यस क्षेत्रमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरु प्रसारण लाइनको पखाईमा बसेका छन् । सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न ठाउँमा भएको अवरोधले आयोजनामा टावर र सबस्टेशन निर्माणमा विभिन्न समयमा म्याद थपेर निर्माण कार्यलाई अघि बढाइएको छ ।
अहिलेसम्म यस आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभए पनि निर्माण कार्यलाई तीव्रता दिइएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । प्रसारण लाइनको टावर र तार तान्ने कामसँगै अन्नपूर्ण गाउँपालिका–३ दानामा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दानामा सबस्टेशन निर्माण, टावर निर्माण र तार तान्ने काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख घोषले बताए । एक महिनाभित्र दाना सबस्टेशनमा विद्युत् परीक्षणका लागि पूर्वाधार तयार हुने आयोजनाले जनाएको छ । यद्यपि एक महिनाभित्रै आयोजनाको काम सम्पन्न हुने अवस्था भने अझै देखिएको छैन । आयोजनाको नेतृत्वमाथि समुदायबाट आएका केही विवादलाई देखाएर आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरी निर्माण कार्यलाई पछि धकेलेको आरोपसमेत लागेको छ ।
जलविद्युत् विकासको प्रमुख आधार मानिएको प्रसारण लाइन निर्माणका क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा समस्या समाधान भएर काम तीव्ररूपमा अघि बढेको छ । अहिले दुई वटा टावरको मात्र निर्माण कार्य बाँकी रहेको आयोजनाका प्रमुख घोषले बताए । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावरमध्ये दुई वटाबाहेक अन्य निर्माण भइसेकेको र तार तान्ने काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
पोखरेबगर र रातोपानीमा प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीयवासी, जनप्रतिनिधि, आयोजना, एशियाली विकास बैँक र परियोजना सुपरीवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबीच बृहत् छलफलपछि समस्या समाधान भएर काम तीव्ररूपमा अघि बढेको हो ।
नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण काम शुरु गरिएको थियो । सबस्टेशन र प्रसारण लाइन बनाउन करिब रु दुई अर्ब ७५ करोडमा जेभी टाटा एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले दाना–खुर्कोट प्रसारण लाइनलाई नवलपरासीको बर्दाघाटसम्म पु¥याउने गरी १४३ किलोमिटर लामो कालीगण्डकी कोरीडोर प्रसारण आयोजनालाई खण्ड÷खण्डमा निर्माण कार्य अघि बढाएको छ ।
कालीगण्डकी करिडोरको यस प्रसारण आयोजना निर्माणमा ढिलाई हुँदा प्राविधिक परीक्षण सफल भएको घलेम्दीखोला जलविद्युत्बाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्न सकिएको छैन । त्यस्तै ४२ मेगावाटको मिस्त्रीखोलाको निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।
चौध मेगावाटको घारखोला, १०० मेगावाटको नीलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् । त्यस्तै रघुगङ्गा गाउँपालिकामा ४० मेगावाटको सुरुङ निर्माण कार्य भइरहेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको नीलगिरि र ३८ मेगावाटको निलगिरि क्यास्केट निर्माण कार्य शुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार