जर्मनीमा नेपाली पर्यटनको प्रवद्र्धन महोत्सव

नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २१:१:४०

१९ फागुन काठमाडौं । नेपालको पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गरी विदेशी पर्यटक भित्र्याउन आज जर्मनीको कोलोन शहरमा ‘माउण्टेन वल्ड’ महोत्सवको आयोजना गरियो ।
अन्तराष्ट्रिय कला र संस्कृति सङ्ग्रहालयको विशेष दिवसको अवसरमा आयोजनामा गरिएको सो महोत्सवमा नेपाललगायत विभिन्न देशका पर्यटकीय गन्तव्य, कला र संस्कृति, हिमाली जीवनशैलीका साथै नेपालका विभिन्न हिमालहरु र पर्वतारोहणका लागि विभिन्न पदमार्गको बारेमा जानकारी दिने कक्षहरु राखिएको थियो ।
कोलोनस्थित महावाणिज्य दूतावास र जर्मन–नेपाल मैत्री सङ्घको समन्वयमा आयोजनामा भएको महोत्सवमा नेपाललगायत भियतनाम, मङ्गोलिया, जर्मनी, अस्ट्रिया, पेरु, नाम्बिया, स्लोभेनिया, इरान, भारतलगायतका देशको पर्यटकीय सम्पदाहरुसम्बन्धी प्रदर्शनी गर्नुका साथै वृत्तचित्रहरु प्रस्तुत गरिएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवमा यसपटक नेपालको पर्वतीय पर्यटनका विषयलाई विशेष महत्व दिइएको थियो ।
महोत्सवको उद्घाटन समारोहमा जर्मन–नेपाल मैत्री सङ्घका अध्यक्ष राम प्रताप थापाले यस किसिमका मेलाहरुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य अवधेशकुमार दासले नेपालको सातवटै प्रदेशका पर्यटन गन्तव्यस्थलको सुन्दरताका बारेमा प्रकाश पारेका थिए । उनले नेपाली पर्यतीय पर्यटनसम्बन्धी प्रस्तुतीकरण दिनुको साथै दुईवटा वृत्तचित्र पनि प्रस्तुत गरेका थिए ।
दासका अनुसार सहभागीहरुलाई नेपाली खाना खुवाउनुको साथै नेपालका सातवटै प्रदेशका वेशभूषा झल्किने गरी नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा एक हजारभन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाली भाषासम्बन्धी अलग्गै कक्षासमेत सञ्चालन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार