अर्थमन्त्रीलाई नेप्सेको लालझण्डा
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २१:४०:५४
१९ फागुन, काठमाडौं । मुलुकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले राज्य संचालनको मुख्य अंगहरु चलाइरहेको छ । अर्थमन्त्रालयको नेतृत्वसँगै जोडिएको राष्ट्रियसभा सदस्यको मनोनयन विवाद चुलिएको बेला नेपाल स्टक एक्सचेन्जको शिखर यात्रा जुन गतिमा अगाडि बढेको थियो आज त्यो भन्दा तीब्रगतिमा झरेको छ ।
एकाथरीको आँकलन अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनसँग जोडिएको छ । नेपाल राष्ट्र बैंकलाई समेत छायाँमा राखेका अर्थमन्त्री बाहिरिने संकेतहरु देखेपछि लगानीकर्ताले बजारमा उछालको वातावरण तयार गरेका थिए । तर, यो आँकलनसँग फरकमत राख्नेहरु भने कोरोना भाइरस आतंकका कारण देशभित्र थुप्रिएको नगद शेयर बजारमा आएको बताउँछन् । अर्काथरीले भने देशभित्र अवैध हुण्डीकारोबारीहरु सक्रिय हुँदा बजारमा उछाल आएको गफ छाँट्ने पनि गरिरहेका छन् ।
प्रायः अन्तराष्ट्रिय बजारसँग उल्टो सम्बन्ध राख्ने देखिएको नेपालको शेयर बजारमा यसपटक पनि सोही प्रवृत्ति दोहोरियो । यसको फाइदा बजारमा छोटो समयमा नै नाफा बुक गर्नेहरुले भरपुर उठाए । तर बजार बढेपछि सिरक र सिरानी छोड्नेहरुले भने बजारको चालबाजी नै थाहा पाउन सकेनन् । एकजना ब्रोकरले नेपालबहससँग कुरा गर्दै भने । आज भोली फोन उठाउने पनि फुर्सद छैन । अनलाईन प्रणाली भनिएता पनि ब्रोकर कार्यलयमा आउनेहरुको भीड कम छैन । बजारमा खरिदकर्ता र बिक्रीकर्ताको चाप बढेको छ ।
लालसरकारले मुलुक संचालनको जिम्मेवारी पाएसँगै बजारमा लालरंगहरु छाइरहेको थियो । लगानीमैत्री कानुन र शेयर लागनीकर्ताको हितविपरित अर्थमन्त्री उभिएपछि लगानीकर्ताले यही सरकारको पालामा पटक पटक आन्दोलन र अनशनका कार्यक्रम नै गरेका थिए ।
खुल्ला बजारको ओकालत गर्ने सरकारले बजार नियमन र व्यवस्थापन गर्नका लागि भरपर्दा संयन्त्रहरु निर्माण गर्न नसक्दा राष्ट्रको आर्थिक ऐनाका रुपमा रहेको नेप्से परिसुचक हचुवाको आँकलन जस्तो बन्न पुगेको छ । बढ्दा पनि वेप्रवाह बढ्ने र घट्दा पनि वेप्रवाह घट्ने गरेको वास्तविक कारण के हो भन्ने कुरा कोही कसैले पनि किटेर भन्न सक्ने अवस्था छैन ।
६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोवार बन्द
आज समग्रमा नेप्से ६ प्रतिशतले घटेको छ । सोही कारण शेयर कारोवार स्थगित भएको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
आज दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ । सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।
नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुुरेन्स कम्पनीको रु १५ करोड ६८ लाख ११ हजार २५६ बराबरको शेयर कारोवार भएको थियो । यस्तै एनआइसी एशिया बैंकको रु १४ करोड ६१ लाख ५२ हजार १५० र एनएमबी बैंकको रु आठ करोड ९५ लाख २३ हजार ६२० बराबरको शेयर कारोवार भएको थियो ।
आज बन्द भएको बजार मङ्गलबार भने सोही विन्दुबाट शुरु हुनेछ । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको सूचक घटेको छ । सामूहिक लगानी कोषको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार आज प्रभु इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्सुरेन्स, सूर्या लाइफ इन्सुरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ ।
आजको बजार गिरावटको सन्दर्भमा कुरा गर्दै एक ब्रोकरले नेपालबहससँग कुरा गर्दै भने – वर्षैंदेखि यसै गरी चलेको नेपालको स्वतन्त्र पूँजी बजारमा सरकारी संयन्त्रले हस्तक्षेपकारी नीति र रणनीति बनाउनभन्दा पनि प्रभाकारी नियमन र दूरगामी निर्देशनहरु जारी गर्नुपर्ने देखिन्छ । लगानीकर्ताको लगानी जोखिमको संभावनालाई न्यून गर्ने हो भने मौसमी लगानीकर्ताका कारण आम लगानीकर्ताले घाटा व्यहोर्नुपर्ने थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार