सवारीसाधनको गति नाप्न भक्तपुर सडकमा ‘राडार गन’ जडान
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २१:५३:९
१९ फागुन काठमाडौं । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको जनाइएको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस प्रकारको उपकरण नेपालमै पहिलोपटक आज जडान गरिएको जानकारी दिए । साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उपकरण जडान गरेको उनले जानकारी दिए ।
“‘रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरा सहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्छ । यसले त्यो सडकमा कुन कुन समयमा कति वटा कुन कुन प्रकारकोे, कस्तो रङको, कुन कुन नम्बरको, कति कति स्पिडमा र कुन कुन समयमा गाडी गुड्यो, गाडी कुन पोजिशनमा गुडेको थियो भन्ने सम्मको एच डी क्वालिटीको भिडियो रेकर्ड राख्छ”, उनले भने, “यो क्यामरा सबै सडकमा राख्ने हो भने नेपालको ट्राफिक व्यवस्थापनमा सहज आउने मात्रै नभई कसैले पनि नियम उल्लङ्घन गर्नै सक्दैन, गल्ती गर्नेले कारवाही भोग्नै पर्ने अवस्था आउँछ ।”
सूर्यविनायक नगरपालिकाको करिब रु १० लाख र अन्यको सहयोगमा ल्याइएको दुईवटा क्यामरालाई महानगरीय प्रहरी परिषरको कन्ट्रोल कक्षमा जडान गरी हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिँदै उनले सवारी नियम उल्लङ्घन गर्ने कोही पनि अब कारवाहीबाट भाग्नै नसक्ने दाबी गरे । रातिको समयमा समेत यसले सबै दृश्यहरु लिन सक्ने भएकाले तीव्र गतिमा आएका, दुर्घटना गराएर फरार रहेका कोहीले पनि कारवाहीबाट उन्मुक्ति पाउन नसक्ने दाबी उनले गरे । सडकमा जडान गरिएका क्यामराको प्रहरी परिसरे कन्ट्रोल कक्षबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।
प्रहरी उपरीक्षक प्रधानले यो क्यामराको दृश्यलाई यातायात कार्यालयसँग पनि जोडेर कारवाही गर्न सकिने र कुनै सवारीसाधनले दुर्घटना गराएर होस् वा ट्राफिक नियम उल्लङ्घन गरेर भागेमा अर्को दिन नियन्त्रणमा लिएर पनि कारवाही गर्न सकिने जानकारी दिए ।
अहिले सो खण्डमा प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्रै सवारीसाधन चलाउन पाउने नियम रहेको छ । अबतीव्र गतिमा सवारी चलाउने कारवाहीमा पर्ने छन् तीव्र गतिमा गुडेका सवारीसाधनलाई अर्को स्टेशनमै प्रहरीले पक्राउ गर्न सक्नेछ । अपराध गरेर भागेका सवारीसाधनलाई पनि रेकर्ड हेरेर खोज्न सजह हुनेछ । यो रेकर्ड यातायात कार्यालयमा पनि जाने भएकाले जरिवाना नतिर्ने गल्ती गरेका सवारीसाधनलाई यातायात कार्यालयले डिजिटल रेकर्ड हेरेर सवारी अनुमतिपत्र र सवारी किताब (बिल बुक) नवीकरण र सवारी बिक्रीका बेलामा उसले नतिरेका जरिवाना असुल गर्न सक्नेछ । तर यसका लागि यातायात कार्यालयले त्यसको व्यवस्था गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार