आर्थिक वर्षको ८ महिना पुरा हुनैलाग्दा पनि ४० प्रतिशतमात्र विकास खर्च
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २२:२५:२७
मिना कंडेल
१९ फागुन, नवलपुर । नवलपरासीको देवचुली नगरपालिकाले आफ्नो विकास खर्चमा सुधार गरेको छ । गत वर्ष फागुन महिनासम्म २७ प्रतिशतमात्रै खर्च गरेको नगरपालिकाकाले चालु आर्थिक वर्षको फागुन १५ सम्म ४० प्रतिशत खर्च गर्न सफल भएको प्रवक्ता एवं वडानम्वर १३ का अध्यक्ष डिलबहादुर खत्रीले जानकारी दिए ।
जनतालाई नगरपालिकाको कार्यप्रगतिबारे जानकारी दिनुपर्छ भन्ने उद्देश्यले हालसम्म नगरपालिकाले सम्पादन गरेका कार्यहरुको जानकारी दिंदै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले असारमा भुक्तानी शुन्य वनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका वडा र नगरका आयोजना चैत्र मसान्त सम्म ९० प्रशित सम्पन्न गरिने बताए ।
ठूला आयोजनाहरु ठेक्का लाग्न ढिला हुँदा कार्यान्वयनको प्रकृयामा रहेको र छिट्टै लोकाहामा औद्योगिक निर्माणको कार्यलाई तिव्रता दिने बताए । १२ वटा शाखाका लागि ७२ करोड २० लाख ५८ हजार विनियोजन गरिएको मध्ये फागुन मसान्त सम्म २९ करोड ५२ लाख ९९ हजार रुपैया खर्च भएको छ ।
भौतिक तर्फ ११ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रकृयामा रहेको, साँढे ५ किलोमिटरको नाला तथा साइड निर्माण र ७ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । जनताको सेवा दैलोबाटै उपलब्ध गराउने लक्ष्यका साथ ६ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको र ५ वटा भवन निर्माणको चरणमा रहेको नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले जानकारी दिए ।
अपाङ्गता भएका जनतासँग सहज कुराकानी र भेटघाटमा सजिलोका लागि दोस्रो तल्लामा रहेको नगर प्रमुखकको कार्यकक्ष भुइतल्लामा सारेको नगरपालिकाले सुशासनको पाटोलाई ध्यानमा राखेर वडा अध्यक्षलाई प्रवक्ता तोकेको छ भने कार्यपालिकाका निर्णयहरु वेवसाइटमा राख्ने गरेको छ ।
संघीयतामा जनताको पहुँच वृद्धि गर्न नगरपालिकाले शिक्षा, सहकारी, फोहोरमैला व्यवस्थापन सहित २६ वटा एने,नियम र कार्य्विधिहरु निर्माण गरिसकेको छ । अव छिट्टै निशुल्क नक्सा उपलब्ध गराउने, नागरिक शिक्षाको पाठ्यक्रम निर्माण गर्ने र कर तिनुपर्ने विल पानी विजुलीको जस्तै घरघर पुर्याउने कार्यको संचालन गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार