प्राविधिक कलेज सञ्चालन गरिने
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २३:४:१७
१९ फागुन काठमाडौं । तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिसँग सम्बन्धित बिएस्सी सिएसआइटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो ।
वडा नं १४ को सुपौलीमा निर्माण हुन लागेको प्राविधिक कलेज भवनको शिलान्यास गर्दै नगरप्रमुख वासुदेव घिमिरेले प्राविधिक शिक्षामा सबैको पहुँच पु¥याउने गरीे कलेज सञ्चालन गर्न लागिएको बताए । कलेजको सम्बन्धनका लागि त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको जानकारी दिँदै उनले सम्बन्धन पाए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने जनाए ।
भवनको लागत अनुमान रु पाँच करोड १७ लाख रहेकामा कालीगण्डकी निर्माण कम्पनीले रु तीन करोड ७७ लाखमा ठेक्का पाएको नगरपालिकाका योजनाप्रमुख प्रदीप वनले जानकारी दिए । एल आकारमा तीन तलमा निर्माण हुने भवनमा २४ कोठा रहने गरी भवन डिजाइन गरिएको छ ।
एक वर्षमा निर्माणसम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छ । साबिक नर्मदेश्वर प्राविको समेत भौतिक संरचना भएकाले सम्बन्धन पाए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने नगरपालिकाको भनाइ छ । कलेज निर्माणमा नगरपालिकाको रु दुई करोड र प्रदेश सरकारको समपुरकबाट रु दुई करोडको व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार