कोरोना भाइरसको संक्रमण :-आत्तिनु पर्दैन
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २३:२७:५८
अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।
कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन, दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ । कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन, यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष चार लाख ५० हजार व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।
कोरोना संक्रमणको औषधि छैन, तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो पानी र झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने । कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ, तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।
कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लकडाउन भयो भने सुरक्षित हुनको लागि २-३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तै नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि । शहरमा संक्रमण तीव्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो, गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।
विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दवाव झेल्नु पर्दैन ।बजारमा मास्कको अभाव छ, कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन, तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन, मास्क भन्दा पंजा महत्वपूर्ण छ । बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।
कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन, विश्व स्वास्थ्य संगठन, विदेशी स्वयमसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैले हामीलाई सहयोग गर्नेछन ।
कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो, हामीकहाँ गर्मी सुरु भएको छ, तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ । कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।
क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो, तसर्थ डराउनु पर्दैन । यसको रोकथाम हाम्रो हातमा छ, भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० प्रतिशत रोकथाम हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार