मजादेवी सरदारको हात्तीको आक्रमणबाट मृत्यु
नेपालबहस संवाददाता
फागुन २०, २०७६ बुधबार ३:४७:३३
२० फागुन राजविराज । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ भवानिपुर बस्ने ५५ वर्षीय मजादेवी सरदारको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको उक्त हात्तीले जङ्गलमा गाई र बाख्रा चराउन गएकी सरदारलाई आक्रमण गरेको रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
यस्तै सप्तरीको रुपनी गाउँपालिकास्थित बस्तीमा जङ्गली हात्तीले घरमा तोडफोड गर्दा लाखौँको क्षति गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट मध्यरातमा आएको दुईवटा हात्तीको समूहले रुपनी गाउँपालिका–६ निवासी मकरबहादुर तामाङको घर तोडफोड गरी क्षति गरेको प्रहरीले जनाएको छ ।
हात्तीले घरसहित अन्य सामग्रीमा क्षति गरेको बताउँदै हात्तीले चामाल, लत्ताकपडा, भाँडाकुँडा, मकैलगायतका खाद्यान्न खाएर र कुल्चेर नष्ट गरेको पीडित परिवारले जानकारी दिएका छन् ।
स्थानीय फूलमाया तामाङका अनुसार बनिबुतो गरेर राखेको खानेकुरासमेत हात्तीले खाएपछि छाँक टार्न आफूलाई कठिनाइ भइरहेको दुखोसो गरे । सोही हात्तीले डिकबहादुर यसमाली मगरको भान्सा घर भत्काएका छ्न भने स्थानीय खड्गबहादुर तामाङको बगैँचामा पसेर आँपको हाँगा भाँचेर क्षति गरेको जनाइएको छ ।
सो क्षतिबाट करिब रु एक लाख बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले ठूलो जनधनको क्षति गर्दासमेत नियन्त्रणप्रति कसैले चासो नदिएको हात्ती पीडितको गुनासो छ ।
जिल्लाको सप्तकोशी, कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णा सवरण र रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिकामा हात्तीले दैनिक आतङ्क मच्याउँदै आएकोप्रति सम्बन्धित निकायको मौनताले स्थानीयवासी निरास भएको कञ्चनरुप नगरपालिकाका राजकुमार पासवानको गुनासो गरे । तीन दिन अगाडि हात्तीको आक्रमणमा कञ्चनरुप नगरपालिकमा एक महिलाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
अटो दुर्घटनामा बालिकाको मृत्यु, चारजना घाइते
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार