कोही कसैसँग हात नमिलाउन देउवाको आग्रह
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १६:२४:८
२१ फागुन, काठमाडौं । संसारभर फैलँदो क्रममा रहेको कोरोना भाइरसको असर नेपालमा पनि आउने उच्च जोखिम रहेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभा सम्मलेलनमा सहभागी हुने, भिडभाडमा जाने र साथीभाइका बिच भेट हुँदा हात मिलाउने जस्ता कार्यहरु नगर्न आग्रह गरेका छन् । कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना उच्च रहेको उनले बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गरे । सभापति देउवाले भने, “यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्ने लगायतका गतिविधि गर्न आवश्यक छ ।”
सञ्चारकर्मीबाट एमसीसी विषयमा सोधिएको प्र्रश्नको जवाफमा उनले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएकाले नेपालको हित हुने एमसीसीजस्ता विषय पारित हुनुपर्ने धारणा व्यक्त गरे । उनले भने, “यसमा विरोध गरिनु हुँदैन ।” सभापति देउवाले बजेटका नाममा देशमा भ्रष्टाचार मौलाएको र कानुनी राज्यको अवधारणा भन्दा बाहिर सरकार हिँडिरहेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार