छ महिने अर्थमन्त्रीमा फेरि डा. खतिवडा, दिउँसो शपथको तयारी
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १६:४५:३४
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडालाई फेरि अर्थसहित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रियसभा सदस्यको दुई बर्षे पदावधि सकिएका खतिवडाले हिजो सोही पदबाट दिएको राजिनामा स्वीकृत भएपश्चात पुनः प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको कार्यालयले उनलाई अर्थसहित सञ्चार तथा सूचना मन्त्रीको जिम्मेवारी दिएको हो ।
खतिवडा संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्रीसहित संचारमन्त्रीका रुपमा नियुक्त भएका हुन् । धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले शपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्ने व्यवस्था छ ।
अर्थमन्त्री नियुक्त भएका खतिवडाको शपथ भने दिउँसो ४ बजेका लागि तयारी थालिएको छ । राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्रीको उपस्थिति बिना नै राष्ट्रपतिबाट उनले शपथ लिने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
अल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार