५५० पशुलाई सुत्केरी भत्ता वितरण
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १७:३८:१२
२१ फागुन, सिन्धुली । कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।
कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले जानकारी दिए । “किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न पशुधनीले वडाबाट पशु सुत्केरी भएको हो भन्ने सिफारिस, सुत्केरी गाईले जन्माएको बाछाबाछी तथा भैँसीले जन्माएको पाडा वा पाडी र पशुधनी भएको एकप्रति फोटो, पशुको बीमा गराएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र निवेदन पेश गर्नुपर्नेछ”, उनले भने ।
अघिल्लो वर्ष पशुपालन नगर्नेले पनि गाई तथा भैँसी सुत्केरी भएको भनी पैसा लगेको गुनासो आएको र यस वर्षदेखि वास्तविक पशुधनीलाई मात्र प्रोत्साहन रकम प्रदान गरिँदै आएको उनले बताएका छन् । हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोगअन्तर्गत दुई हजारका दरले वितरण गरिँदै आएको छ । यस वर्ष पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।
उनका अनुसार एक आर्थिक वर्षमा पन्ध्र वटामात्र पशुको बीमा हुने गरेको थियो । यस आवमा नगर क्षेत्रका एक हजारभन्दा बढी पशुपालक किसानले पशुको बीमा गरिसकेका छन् । नेपाल सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गर्न सकिन्छ । पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने गरेको पशुसेवा प्राविधिक थापाले जानकारी दिएका छन् ।
यस्तै पशुको बीमा गराउने पशुधनीको पनि रु दुई लाख बराबरको दुर्घटना बीमा स्वतः हुने उनले जानकारी दिए । पशु बीमा गराउँदा सुत्केरी भत्ता पनि प्राप्त गराउने र केही गरी पशुको मृत्यु भएमा पूर्णरूपमा नोक्सानीसमेत व्यहोर्नुपर्ने अवस्थाबाट छुट्कारा पाउने भएकाले अहिले पशु बीमा गराउने पशुपालकको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ । विगतमा पशु बीमा गराउन समस्या रहेको भए पनि अहिले पशु बीमा गराउन समस्या नरहेको बताइएको छ ।
नगरपालिकाले गत आवदेखि किसानलाई पशुपालनमा आकर्षित गराई नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन प्रोत्साहनस्वरुप रु एक हजार प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै किसानलाई आकर्षित गर्न यस आर्थिक वर्षबाट प्रतिपशु सुत्केरी भत्ता रु दुई हजार दिइँदै आएको छ । नगरपालिकाको भद्रकाली, जलकन्या, रानीचुरी, डाडीगुराँसेलगायतका स्थानमा गाई तथा भैँसीपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य रहेको छ ।
ती स्थानमा पशुपालन गर्ने किसानले दूध बिक्रीबाट जीविकोपार्जनसमेत गर्दै आएका छन् । स्थानीय सरकार बनेपछि अनौठो मानिएको पशुलाई सुत्केरी भत्ता वितरणले किसान पशुपालनतर्फ थप उत्साहित भएका छन् । दूध बिक्रीबाट पशुपालकको आम्दानीमा समेत वृद्धि हुदै आएको छ । किसानले दूध बिक्रीबाटै मासिक रु सात हजारदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।
नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले किसानको मनोबल उच्च पार्न नगरले सदैव किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने बताए । उनले कृषि क्षेत्रको सुधार र व्यवस्थापन बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने भएकाले साना कुरालाई माथि उठाएमा किसानको मनोबल उच्च पार्न सकिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । उनका अनुसार कमलामाईलाई दूधमा आत्मनिर्भर बनाउने सङ्कल्प पूरा गर्न किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको हो । किसानले उत्पादन गरेको दूध बिक्री नभए नगरपालिकाले दूधको बजारीकरण गर्ने सवालमा समेत सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार