स्रोत अभाव झेल्दै समन्वयका योजना
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १८:१४:१७
२१ फागुन, काठमाडौं । बागलुङको विकासका लागि जिल्ला समन्वय समितिले दुई वर्ष पहिला नै विभिन्न योजनाको छनोट गरेर प्राथमिकीकरण गरेको छ । स्थानीय तह, सङ्घ र प्रदेश सरकारले गर्नुपर्ने कामको विभाजनसमेत गरेर छनोेटमा परेका सबैजसो योजना शुरु नै हुन सकेका छैनन् ।
समन्वय समितिसँग आफैँले लगानी गर्ने बजेट छैन । सङ्घ, प्रदेश र स्थानीय तहको प्राथमिकतामा नपरेका कारण समन्वय समितिले छनोट गरेका योजनाको काम हुन नसकेको हो । पाँच वर्षभित्र सक्ने लक्ष्यका साथ प्राथमिकीकरण गरिएका ती योजना शुरु नभएपछि आवधिक योजना नै अन्योलका परेका छन् । अत्यावश्यक, धेरै खर्च लाग्ने र दुई प्रदेश जोड्ने सडकलाई सङ्घको जिम्मा लगाइएको थियो । ती योजना शुरु हुनै नसकेका हुन् ।
काम अगाडि बढ्न नसकेको राष्ट्रिय गौरवका आयोजनालाई छिटो शुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको थियो । दुई वर्षअघि पनि मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडक अलपत्र थियो । अहिले पनि यो सडक स्तरोन्नति हुन सकेको छैन । सङ्घ सरकारले गौरवको योजनाका रूपमा सञ्चालन गरिरहेको मध्यपहाडीको काममा कम चासो दिएका कारण समयमा सम्पन्न हुने अवस्था नरहेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना बताउछन् ।
आवधिक योजनामा कालीगण्डकी ‘बी’को सर्भे र डिपिआर गर्नुपर्ने माग जिल्ला समन्वयको थियो । यो योजनाको नामसम्म उच्चारण भएको पाइँदैन । जिल्लाका आवश्यकतालाई १७ शीर्षकमा ८५ सूचक बनाएर प्राथमिकता निर्धारण गरिएको थियो । तीमध्ये सालझण्डी ढोरपाटन मोटरमार्ग, ढोरपाटन र अर्नाकोटको विमानस्थल सञ्चालन, बागलुङदेखि कुश्मीसेरा, बरेङ हुँदै गुल्मीको शान्तिपुर तम्घास सडकलाई प्राथमिकता दिने उल्लेख थियो ।
कुश्मीसेरादेखि बरेङसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको साझेदारी बजेट परेर केही काम थालिएको छ । तत्कालीन जिविसले थालेका बहुवर्षे योजना पनि अलपत्रै छन् । मोटरेबल पुलतर्फ केही निर्माणाधीन छन् भने केही बजेट अभावले रोकिएका छन् । सबै तहले प्राथमिकता निर्धारण गरेपछि पैयुथन्थाप राङ्खानी जोड्ने ठेउलेखोला रुम्टाघाट, अर्जेवादेखि पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीका पुल, सल्यानदेखि गुल्मी जोड्नेजस्ता दर्जन पुल अझै पूरा हुन सकेका छैनन् ।
जिल्लामा २० वर्ष अघिदेखि थालिएर अलपत्र परेका अधुरा खानेपानी योजना पूरा गर्ने लक्ष्य पनि अझै पूरा भएका छैनन् । स्थानीय तहमार्फत गरिएका काममा भने नयाँ पम्पिङ प्रविधिका योजना निर्माणाधीन छन् । नीति तथा कार्यक्रम र बजेटले सम्भव हुने स्थानमा सम्बोधन गर्ने क्रम शुरु भएको प्रतिनिधिसभा सदस्य सूर्य पाठकले बताए । उनका अनुसार कुश्मीसेरा जाने सडक कालोपत्रे र बलेवा विमानस्थल कालोपत्रे गर्नेलगायतका काम थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार