जमुनाह नाकामा कोरोना भाइरस हेल्थ डेस्क सञ्चालन
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार १९:१२:२९
२१ फाल्गुण, काठमाडौं । बाँकेको नेपालगञ्ज जमुनाह नाकामा कोरोना भाइरस भए नभएकोबारे स्वास्थ्य जाँच शुरु गरिएको छ ।
बाँकेको जमुनाह नाका नजिकैको ‘हेल्थ डेक्स’मा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस भित्रिन नदिन प्रभावकारी सतर्कता अपनाइएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट स्थलमार्ग हुँदै नेपालगञ्ज आउने यात्रुलाई कोरोना भाइरस भए नभएको पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्न थालिएको स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए ।
इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउन सकिने भएकोले त्यसको प्रयोग गरी दुई स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने गरेका छन् । सयौँ यात्रु आवतजावत गर्ने नेपालगञ्ज विमानस्थल राझा एअरपोर्टमा भने हेल्थ डेस्कको व्यवस्था नगरिएको नेपाल नागरिक उड्डयन कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार