प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, मुख्य सूचक राम्रो अवस्थामा
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बिहिबार ०:१:३७
२१ फागुन, काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उनको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जनाइएको छ ।
हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ओलीको उपचार टोलीमा चिकित्सक प्रा.डा. दिव्या शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रवीन नेपालीलगायत छन् ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्ग्रौलाको शल्यक्रिया टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. आनन्द कुमारलगायत थिए । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डां अनिल श्रेष्ठ र प्रा. डा. सुवास आचार्यलगायत छन् ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान १०ः०० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेच्छुकले खुशियाली मनाएका थिए । मिर्गौला प्रत्यारोपणअघि ओलीको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार