काठमाडौंको अव्यवस्थित पार्किङ घटाउन मेकानिकल पार्किङको प्रस्ताव
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १६:१९:०
२२ फागुन काठमाडौं । अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधबार कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन् ।
सो पार्किङले थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिने, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिने, शहरी सुन्दरता बढाउन सकिने, प्रदूषण घटाउन तथा सडकमा सवारी गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिने काठमाडौँमा मेकानिकल पार्किङ उपयुक्त अध्ययनले देखाएको छ ।
प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकाले राजश्वमा वृद्धि हुने तथा पार्किङ गरिएका सवारीको सुरक्षा हुने भएकाले आफूहरुले मेकानिकल पार्किङको प्रस्तावअघि सारेको बताए । शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँमा सवारी व्यवस्थापन अपरिहार्य रहेको तर एकैपटक जटिल खालको प्रविधि ल्याउने नसोचौँ उनले भने ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले तहगत छलफल र बैठकबाट निष्कर्षमा पुगिने बताए । महानगरका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा सःशुल्क पार्किङ सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रली योर्स प्रालिका सूचना प्रविधि संयोजक हरिश अग्रवाले शहरमा भएका कार ९० प्रतिशत समय पार्किङमै बस्ने र बाँकी पाँच प्रतिशत मात्र सडकमा गुड्ने भएकाले पार्किङमा समस्या धेरै रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार