जन्ती बस दुर्घटना हुदाँ ४ जनाको मुत्यु
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १७:५४:४
२२ फागुन, मकवानपुर । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका भएको बस दुर्घटनामा ४ जनाको मुत्यु भएको थियो । मुत्यु हुनेमा ३ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, दुर्घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको खुलेको छ । दुर्घटनामा परी ज्यान गएका अर्का २५ वर्षीय युवकको भने सनाखत हुन सकेको छैन ।
जीतपुर भञ्ज्याङबाट सुकौरातर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस बेल फ्रेक भएर बुधबार बेलुका ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको चुरेहिल अस्पतालमा, ३ जनाको हेटौंडा अस्पतालमा र ४ जनाको कलेज अफ मेडिकल साइन्स अस्पताल, भरतपुरमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार