के नबिल बैंकको एक नम्बर ताज सकिएकै हो ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
फागुन २२, २०७६ बिहिबार १९:५९:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/BOD-and-ceo_3HvDXGJNg5.jpg)
२२ फाल्गुण, काठमाडौं । आफुलाई सधैं नेपालको नम्बर एक बैंक दावी गर्दै आएको नविल बैंक पछिल्ला दिनमा क्रमश पछि पर्दै जानथालेको छ । मारवाडी समुह खासगरि विनोद चौधरीको एकल बैंकको रुपमा परिभाषित नविल बैंकका पछिल्ला वित्तीय परिसुचकहरु नकारात्मक हुँदै जानथालेका छन् ।
चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, जगेडा कोष, लाभांश, खुद ब्याज आम्दानी तथा खुद मुनाफा र प्रतिशेयर आम्दानीमा नविल बैंक अरु प्रतिस्पर्धी बाणिज्य बैंकहरु भन्दा पछाडी परेको छ । यिनै बैंकका प्रमुख वित्तीय सुचकहरु हुन् । कुनैपनि बैंक अग्रणी हो कि होइन भनेर मापन गर्ने प्रमुख आधार नै उल्लेखित तथ्याङकहरु हुने गर्छ । तर नविल बैंकले आफुलाई सधैं अरु बैंक भन्दा फरक र अग्रणी भएको दावी गर्दै आएको छ ।
बेला बेला विवाद र चर्चामा आइरहने यो बैंकको संचालक समितिको अध्यक्षमा शम्भुप्रसाद पौडेल रहेका छन् । त्यस्तै संचालक समितिको सदस्यहरुमा निर्वाणकुमार चौधरी, दयाराम गोपाल अग्रवाल, उपेन्द्रप्रसाद पौड्याल, मलय मुखर्जी, ईला शर्मा र महेशराज पन्त रहेका छन् ।
त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा सेलिव्रेटी बैंकर अनिलकेशरी शाह रहेका छन् । आफूलाई अरुभन्दा अब्बल बैंकरको रुपमा चिनाउन चाहने र सधैं चर्चामा आईरहने सीईओ शाहलाई नजिकबाट चिन्नेहरु भने कोरबैंकिङ सिस्टम नै नबुझेको बैंकर भन्ने गर्छन् । उनी बैंकिङ गर्ने भन्दा पनि सेलिव्रेटी हुन रुचाउने बैंकर भएको उनीसँग निकट रहेर काम गर्नेहरुको भनाई रहेको छ ।
त्यस्तै ज्ञानेन्द्रप्रताप शाह, पुश्करराज भट्टराई, रमेशप्रसाद लोहनी, नीलम तुलाधर, अनिता गिरी, सुलभकुमार श्रेष्ठ, सुरेशप्रसाद त्रिपाठी, शुशिल भट्टराई, नमिता दीक्षित, संजय नेपाल, अनिलकुमार खनाल, कृष्णदत्त भट्टराई, सरोज प्याकुरेल, सुवोध लोहनी, विनयकुमार रेग्मी, राजेन्द्रबहादुर मल्ल, अन्जुली श्रेष्ठ, आर्दश बजगाई, रोशन कोइराला, दीपक श्रेष्ठ, माधवप्रसाद रेग्मी र सावित्री दाहाल लगायतको जम्बो टीम नै नविल बैंकको उच्चपदमा कार्यरत रहेका छन् । उनीहरुले बैंकबाट उच्चस्तरको तलव तथा सेवासुविधा उपभोग गर्दै आएका छन् । तर सो अनुरुपको क्षमता र दक्षता देखाउन नसकेको आरोप कतिपय सर्वसाधारण शेयरधनीहरुले साधारण सभामा लगाउदै आएको छन् ।
विश्व कै धनी व्यक्तिकाे सुचीमा सुचीकृत विनोद चौधरीको बैंकको रुपमा चिनिएको नबिल बैंकमा एनबी इन्टरनेशनल लिमिटेडको ५० प्रतिशत हिस्सा रहेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको ९ दशमलव ६७ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै विनोद चौधरीका छोरा निर्वाण चौधरीको नाममा ० दशमलव ८९ प्रतिशत शेयर रहेको छ । बैंकमा ० दशमलव ५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका ८ जना शेयरधनी रहेका छन् ।
के नबिल एक नम्बरको बैंक हो त ?
नबिल बैंकलाई अहिले भने आफ्नो १ नम्बरको शाख जोगाउन समस्या परेको छ । चुक्ता पुँजीको आधारमा वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड छ भने नबिल बैंककाे चुक्ता पुँजी जम्मा १० अर्ब ०९ करोड छ ।
त्यस्तै जगेडा कोषको आधारमा नेपाल बैंकको जगेडा कोष सबैभन्दा धेरै १९ अर्ब ३८ करोड छ भने नबिल बैंकको जगेडा कोषमा जम्मा १३ अर्ब ८० करोड छ ।
निक्षेप संकलनमा ग्लोबल आईएमई बैंक अघि छ । ग्लोबल आईएमई बैंकले १ खर्ब ९७ अर्ब निक्षेप संकलन गरेको छ भने नबिल बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ ।
कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक अघि छ । ग्लोबलले १ खर्ब ९० अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले १ खर्ब ४१ अर्ब कर्जा प्रवाह गरेको छ ।
सबैभन्दा धेरै खुद व्याज आम्दानी गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ६ करोड खुद व्याज आम्दनी गरेको छ भने नबिल बैंकले ३ अर्ब ४५ करोड खुद व्याज आम्दानी गरेको छ ।
२७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक २ अर्ब २० करोड खुद मुनाफा गरेको छ भने नबिल बैंकले २ अर्ब ४ करोड खुद मुनाफा गरेको छ ।
प्रतिशेयर आम्दानी सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी ४९ रुपैया ०७ पैसा रहेको छ भने नबिल बैंकको प्रतिशेयर आम्दानी ४० रुपैया ४४ पैसा रहेको छ ।
आर्थिक वर्ष ७५/७६ को लाभांशमा दोश्रो :
आर्थिक वर्ष ७५/७६ मा सम्पूर्ण वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरिसकेको अवस्थामा एनएमबी बैंकले सर्वाधिक ३५ प्रतिशत लाभांश दिएकाे थियाे भने नबिल बैंकले ३४ प्रतिशत मात्र लाभांश दिएकाे छ ।
दोश्रो त्रैमासमा ओरालो यात्रा :
कस्तो आयो दोश्रो त्रैमासकाे वित्तीय प्रतिवेदन ?
खुद मुनाफामा गिरावट:
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले २ अर्ब ४ करोड खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको साेही अवधिमा कम्पनीले २ अर्ब १७ करोड खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा ६ प्रतिशतले घटेको छ ।
प्रमुख आम्दानीको श्रोतमा गिरावट :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ३ अर्ब ६१ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४५ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ४ प्रतिशतको गिरावट आएको छ । त्यस्तै, संचालन मुनाफा ६ प्रतिशतले घट्दै हुँदै २ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ३ अर्ब ८ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी गिरावट:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैया ४४ पैसा हुन् आउँछ । खुद मुनाफामा गिरावट आउँदा कम्पनीको प्रतिशेयर आम्दानीमा नकारात्मक असर पुगेको देखिन्छ ।
नोट : फागुन २१ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) २३६ रुपैयाँ ६८ पैसा आउँछ ।
निक्षेप, कर्जामा कस्तो ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ११ प्रतिशतले वृद्धि भएको छ । यसरी व्यक्तिगत ग्राहकबाट निक्षेप संकलनमा बैंक निकै सुस्त रहेको छ ।
नोट : निक्षेप र कर्जाको तथ्याङ्क लिँदा साधारण ग्राहकको तथ्यांकमात्र लगिएको ।
जगेडा कोष बढ्यो , संचित मुनाफा घट्यो :
जगेडा कोष १२ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ६७ करोड छ भने संचित मुनाफा ४३ प्रतिशतले कम हुँदै २ अर्ब १३ करोड पुगेको छ ।
आधार व्याजदर बढ्यो :
बैंकको आधार व्याजदर केही वृद्धि हुँदै ८ दशमलव १० प्रतिशत पुगेको छ ।
स्प्रेडदर ५ प्रतिशत नजिक :
व्याजदर अन्तर ५ प्रतिशत नजिक छ । बैंकको प्रकाशित स्प्रेडदर ४ दशमलव ९९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ७७ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात २० गुणा :
कम्पनीको फागुन २१ गतेको बजार मूल्य ८४७ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात २० दशमलव ९४ गुणा आउँछ । अन्य वाणिज्य बैंकको तुलनामा नबिल बैंकको आम्दानीको तुलनामा बजार मूल्य धेरै रहेको प्रस्ट देखिन्छ । जसलाई प्राव्रिधिक भाषामा ओभरभ्यालूड भनिन्छ ।
वास्तविक मूल्य :
बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य ४६४ रुपैया प्रति कित्ता हुन् आउँछ । कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा धेरैमा कारोवार भएको देखिन्छ ।
निष्कर्ष : नबिल बैंक एक नम्बरको बैंक हो कि होइन भन्ने बहस चल्दै आएको विषय हो । उपलब्ध तथ्यांकलाई आधार मान्दा नबिल बैंक एक नम्बरको बैंकबाट आफ्नो स्थान पछाडि पर्दै गएको प्रस्ट देखिन्छ । आक्रामक रुपमा अन्य बैंक आफ्नो व्यापार व्यवसाय तिर उन्मुख हुँदा नबिल बैंक भने आक्रामक रुपमा लाग्न नसकेको प्रस्ट देखिन्छ । दिन प्रतिदिन नबिल बैंकलाई लिडर बैंकको रुपमा स्थापित हुन् समस्या परेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार