होली पर्व कारण खसीबोकाको कारोवार बढ्यो
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १८:४०:१६
२२ फागुन काठमाडौं । तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोवार बढेको छ ।
सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण क्षेत्रमा लाग्ने विभिन्न हाट बजारमा खसीबोका किन्ने र बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय डुमरलाल मेहताले बताए ।
होली पर्वमा मासु खानका लागि स्थानीयले खसीबोका खरिद गर्ने भएकाले यसको बिक्री वितरणमा वृद्धि भएको स्थानीय व्यापारीले बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा लागेको बिहीबारे हाटमा मात्रै एक दिनमा एक हजारभन्दा बढीको सङ्ख्यामा खसीबोका खरिद बिक्री भएको स्थानीय व्यापारीले बताएका छन् ।
सुनसरीसहित सप्तरी र सिराहा तथा काठमाडौँकोसमेत व्यापारी यहाँ आउने भएकाले खसीबोकाको कारोवारमा वृद्धि भएको व्यापारीको भनाइ छ । केही किसानले भने भारतीय खसीबोका अवैधरुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासोसमेत गरेका छन् । खसीबोकाको कारोवारमा वृद्धि भएसँगै यसको मूल्यमा समेत वृद्धि भएको स्थानीय उपभोक्ता चन्दन मेहताले बताए । सुनसरीमा अहिले खसीको मासु रु ८५० प्रतिकिलोमा बिक्रीवितरण भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार