कोरोना संक्रमणको कारण विश्व कप छनोट सर्न सक्ने सम्भावना
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १९:२७:९
२२ फागुन काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण खेलकुद गतिविधि प्रभावित हुने भएको छ । यही मार्च महिनाको अन्तिममा नेपालमा हुने तय भएको विश्व कप छनोट अन्तर्गतको खेल उक्त भाइरसका कारण सर्न सक्ने सम्भावना बढेको हो ।
चीनको वुहान शहरबाट फैलिएको यो भाइरसका कारण नेपालमा पनि खेलकुद गतिविधि प्रभावित हुन सक्ने सम्भावना बढेर गएको छ । समूह बी अन्तर्गत नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा हुँदैछ । अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको खबर सार्वजनिक भएपछि खेल हुने–नहुने अन्योल बढेको छ ।
यद्दपि अहिलेसम्म कुनै निर्णय नभएको र पत्रबारे कुनै जानकारी नभएको एन्फा प्रवक्ता किरण राईले बताए । अहिले नेपालमा बी डिभिजन लिग फुटबल भइरहेको छ भने मोफसलमा नकआउट टुर्नामेन्टहरु जारी छन । तर एन्फाले खेल रोक्ने वा गर्ने भन्नेबारे केही आधिकारिक निर्णय भएको छैन । एन्फाले आफैं पनि चैत ३ गतेदेखि महिला लिग आयोजना गर्दैछ ।
यता राष्ट्रिय खेलकुद परिषद ‘राखेप’का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अहिले भइरहेका खेलकुद प्रतियोगिता र अब हुने खेलकुद प्रतियोगिता कोरोनाको संक्रमण कम नभएसम्म रोक्नको लागि विज्ञप्ती जारी गर्ने तयारीमा रहेको बताए । उनले राखेप सदस्य सचिव काठमाडौं बाहिर रहेकाले अहिले निर्णय सार्वजनिक हुन ढिलाइ भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार