वडा कार्यालयको कीर्ते धन्दा, एउटै व्यक्तिका नाममा दुईवटा जन्मदर्ता जारी
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १९:५२:७
♦ धीरुभाइ
२२ फागुन, सप्तरी । वडा कार्यालयबाटै एउटै व्यक्तिको नाममा दुईवटा जन्मदर्ता प्रमाणपत्र जारी भएको सुन्दा जोसुकैलाई आश्चर्य लाग्नसक्छ । तर, यो वास्तविकता हो । सप्तरीको राजगढ गाउँपालिका १ वडा कार्यालयबाटै एक बालिकाको दुईवटा जन्मदर्ता प्रमाणपत्र जारी भएको छ । वडा कार्यालयले एउटै बालिकाको फरक मितिमा फरक जन्ममिति कायम गरी जारी गरिएको जन्मदर्तामा कीर्ते भएको आंशका गरिएको छ ।
सो वार्डका सचिवले स्थानीय झुटकीकी संजुकुमारी यादवको जन्मदर्तामा यस्तो गरेको रहस्य खुलेको छ । साविक झुटकी गाविस ८ हाल राजगढ गाउँपालिका १ झुटकी निवासी यादवले २०७२ जेठ ५ गते जन्मदर्ता गराएका थिए । उक्त जन्मदर्ता प्रमाणपत्रमा २०५८।९।१५ गते जन्म भएको उल्लेख गरिएको छ । दर्ता नम्बर १२६ रहेको जन्मदर्ता प्रमाणपत्रमा तत्कालीन स्थानीय पञ्जिकाधिकारी रुन्दीलाल यादवले हस्ताक्षर गरेका छन् ।
वडा कार्यालयबाट जन्मदर्ताको रेकर्डबाट उतार गरी भनेर २०७२।३।१५ गतेको मितिमा २०५५।०४।१० जन्ममिति कायम गरेर संजुकुमारी यादवको अर्को जन्मदर्ता प्रमाणपत्र जारी भएको तथ्य फेला परेको छ । दर्ता नम्बर ११४ रहेको यसमा तत्कालीन स्थानीय पञ्जिकाधिकारी देवनारायण यादवको हस्ताक्षर रहेको छ । वडा कार्यालयका सचिव रामविलास यादवले २०७६।६।२ गते दर्ता रेकर्ड उतार भनेर प्रमाणित गरी जन्मदर्ताको प्रतिलिपि बाहिरिएपछि यसको रहस्य खुलेको हो । यसले एउटै व्यक्तिको नाममा दुई फरक फरक मितिको जन्मदर्ता जारी भएपछि किर्ते भएको आशंका गरिएकाे हाे ।
संजुले अध्ययन गरेको विद्यालय र शैक्षिक प्रमाणपत्रहरुमा २०५८।९।१५ गतेको जन्मदर्ता उल्लेख रहेको छ । जन्ममिति कसले, किन र कुन प्रयोजनका लागि परिवर्तन गराइ किर्ते गरेको हो भन्ने बारेमा संजुले शंका व्यक्त गर्दै भनिन, वडा अध्यक्ष नारायण यादव, वडा सचिव रामविलास यादव र विपक्षीहरुको मिलेमताेमा यस्तो गरेको हुनसक्ने अनुमान छ ।
आफुसँग सम्बन्धित एक मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी दिदै उनले त्यही मुद्दालाई कमजोर पार्न प्रतिवादीहरुले वडा कार्यालयको मिलोमतोमा किर्ते गरेको उनले आशंका व्यक्त गरिन । आफुले प्राप्त गरेको जन्मदर्ताको अभिलेख नष्ट गरेर अर्को जन्मदर्ता जारी भएको थाहा पाएपछि परमादेशमार्फत वडा अध्यक्ष, सचिव, मुद्दाका विपक्षीको नाम किटान गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता भएको संजुले बताउँदै भनिन, तर, अहिलेसम्म प्रहरीले कारबाही अगाडी बढाएको छैन । जिल्ला प्रहरी कार्यालयमा गत माघ १५ गते परमादेश मार्फत उक्त मुद्दा दर्ता भएको र सोको दर्ता नं. २०० रहेको बताइएको छ ।
सो सम्बन्धमा वडाअध्यक्ष नारायण यादवले जन्मदर्ता बनाउने काम आफ्नो नभएको बताए । जन्मदर्ता गर्ने अधिकार पञ्जिकरण विभाग सचिवको भएको उनले दावी गर्दै भने यसमा मेरो हस्ताक्षर पनि हुदैन र, मेरो संलग्नता पनि छैन । मलाई थाहा पनि छैन ।
सोही सम्बन्धमा वडा सचिव रामविलास यादवले उनको जन्मदर्ता कार्यालयको अभिलेखमा भए अनुसारको प्रमाणित गरिएको जानकारी दिदै संजुको २०५८ साल पुस १५ गते जन्ममिति उल्लेख गरिएको जन्मदर्ताको अभिलेख वडा कार्यालयमा नरहेको बताए ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले यसमा आरोपित कसैलाई पक्राउ नगरिएको र अनुसन्धान कार्य भइरहेको बताए ।
सप्तरीको राजगढ गाउँपालिका १ का संजुकुमारी यादवको नाममा वडा कार्यालयबाट जारी फरक मितिका जन्मदर्ता प्रमाणपत्रहरु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार