वितरण लाइन सुधारका लागि ललितपुरमा विद्युत् कटौती
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २१:२९:३०
२२ फागुन काठमाडौं । वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिकरणले आजदेखि हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म लाइन काटिने हुँदा उक्त फिडरअन्तर्गत फर्सिडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा विद्युत् काटिनेछन् । सो फिडरबाट वितरित लाइनमा बढी समस्या आएपछि प्राधिकरणले सुधारको काम अगाडि बढाएको हो । विद्युत् कटौतीका कारण ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । प्राधिकरणले पछिल्ला दिनमा राजधानीमा वितरण प्रणालीको सुधारलाई तीव्र पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार