कब्जा जग्गा फिर्ता लिन रत्ननगर सफल : ४३ बिघा सार्वजनिक जग्गा संरक्षण
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २२:७:५१
२२ फागुन, काठमाडौं । सार्वजनिक जग्गा संरक्षण गरेको छ । पूर्वमन्त्रीदेखि समाजका धनाढ्यसम्मले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता गर्न रत्ननगर सफल भएको हो ।
सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिकाद्वारा गठित समितिका संयोजक एवं वडा नं १४ का अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार वडा नं १ मा पाँच कट्ठा, ३ मा सात कट्ठा, ४ मा एक बिघा, ७ मा सात बिघा, ८ मा पाँच बिघा, ९ मा सात बिघा १९ कट्ठा, १० मा पाँच बिघा सात कट्ठा, १५ मा दुई बिघा र १६ मा १४ बिघा जग्गा संरक्षण गरिएको छ ।
नगरपालिकाले फिर्ता गरिएका अतिक्रमित जग्गामा विकासका पूर्वाधार निर्माण शुरु गरिसकेको छ । वडा नं १ मा बसपार्क, ३ मा बालोद्यान र सामुदायिक भवन, ४ मा सभा कक्ष र कभर्ड हल, ७ मा सभागृह, ८ मा खेलमैदान, ९ मा घरवाससहितको सांस्कृतिक ग्राम, १६ मा बालोद्यान, पर्यावरणीय उद्यानलगायत पूर्वाधार निर्माण शुरु भइसकेको नगर प्रमुख नारायण वनले जानकारी दिएको छ ।
पर्यटनको विकासका लागि नगरपालिकाले भूमाफियाबाट फिर्ता गरेको जग्गामा सरकारले एक हजार ५०० क्षमताको सभागृह निर्माण शुरु गरेको छ । सौराहा नजीक वडा नं ७ अन्तर्गत सिसुवारमा निर्माण हुने सो सभागृहले जिल्लाको पर्यटनको विकास गर्ने अपेक्षा गरिएको छ । “सार्वजनिक जग्गा जोगाउने हाम्रो कर्तव्य हो”, प्रमुख वनले भन्नुभयो, “मुद्दा खेपेर भए पनि अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराएरै छाड्छौँ ।” सार्वजनिक जग्गा सबैको सम्पत्ति रहेको भन्दै वनले थपे, “हामी पनि खाँदैनौँ, अरूलाई पनि एक आना खान दिँदैनौँ ।”
प्रमुख वनले आफ्नो कार्यकालभित्र नगरभित्रका सबै सार्वजनिक जग्गालाई नगरपालिकाको मातहतमा ल्याइने जिकिर गरे । सार्वजनिक जग्गा फिर्ता गराउने क्रममा रत्ननगर नगरपालिकाले दुई मुद्दा खेप्नु परेको थियो । नगरपालिकाविरुद्ध अदालतमा परेका ती मुद्दा नगरपालिकाले जित्न सफल भएको प्रमुख वनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार