अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २२:१८:८
२२ फागुन एजेन्सी । अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनाेट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेका छन् ।
ब्लूमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दैछु ।” न्यूयोर्क शहरका पूर्व मेयर ब्लूमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गरेका थिए ।
उनले अब पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने बताए । “डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतीय चुनावमा पराजित गर्न डेमोक्रेटिक पार्टी एकजुट हुनुको विकल्प छैन । पछिल्लो मतदानको नतिजापछि अब प्रष्ट के भएको छ भने मेरो उम्मेदवार जो बाइडेन छन्, र उनले चुनाव जित्ने सम्भावना बढेको छ ।”
अमेरिकी अर्बपति व्यापारी ब्लूमबर्गले जनवरीको अन्त्यसम्ममा करिब ४० करोड ९० लाख खर्च गरेको उनले संघीय निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ । तर उनले फेब्रुअरीमा पनि निकै बढी खर्च गरेको विश्वास गरिन्छ । मङ्गलबार भएको १४ वटा राज्यको चुनावमा ब्लूमबर्गले समोआ द्वीपमा मात्र विजय हासिल गरेका थिए। तर जो बाइडेनले अप्रत्यासित रुपमा १० वटा राज्यमा चुनाव जितेका थिए ।
चुनावमा निकै प्रभावशाली मानिएका सिनेटर बर्नी स्यान्डर्सले चार वटा राज्यमा विजयी भएका थिए। निकै बढी प्रतिनिधि छनौट हुने क्यालिफोर्निया राज्यमा भने स्यान्डर्सले बाजी मारेका थिए । डेमोक्रेटिक पार्टीका तर्फबाट अब जो बाइडेन वा स्यान्डर्समध्ये एकले आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार