जबजको उपदेयता अझै रहेको छ : नेपाल
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २२:१९:४५
२२ फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को उपदेयता अझै रहेको बताएका छन् ।
मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय जनवाद’ विषयकको छलफल कार्यक्रममा उनले जबजको नामकरण गर्न आफ्नो पनि भूमिका रहेको उल्लेख गर्दै जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने बताए ।
उनले कतिपयले जबजलाई माक्र्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिए । मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै उनले पार्टी एकतापछि जबज र २१औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिए ।
जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको हो भन्दै पूर्वप्रधानन्त्री नेपालले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे । “समाजवाद नै अहिलेको ध्येय हो । त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ”, उनले भने ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजको दस्तावेजीकरण गरी नयाँ पुस्तालाई जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताए । गत भदौदेखि शुरु गरिएको शृङ्खलाबद्ध छलफलमा नेकपा सचिवालय सदस्य वामदेव गौतम, नेता मोदनाथ प्रश्रित, प्रदीप नेपाल र मुकुन्द न्यौपाने सहभागी भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार