संसदीय समितिद्वारा हुलाकी सडक आयोजनालाई निर्देशन
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २३:६:३१
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले हुलाकी सडकअन्तर्गत कैलाली खण्ड यथाशीघ्र निर्माण गर्न विभिन्न सरोकारवाला पक्षलाई निर्देशन दिएको छ ।
सभापति खड्का सहितको टोलीले आज हुलाकी सडकको कैलाली खण्डको कैलारी गाउँपालिकाको वसन्ता क्षेत्र, भजनी नगरपालिकाको लालबोझी तटबन्ध, भजनी लालबोझीको ठेकीपुर पुल र सत्ती पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।
सो अवसरमा संसदीय समितिका सभापति खड्काले वसन्ता क्षेत्रको दुई किलोमिटरमा रहेका रूख काट्न पहल थाल्न वन कर्मचारीलाई निर्देशन दिएको छ । उनले हुलाकी राजमार्गमा पर्ने कान्द्रा नदीमा निर्माणाधीन ठेकीपुर पुल चाँडै बनाउन निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन दिएको छ । संसदीय टोलीलाई वसन्ताको वन सबडिभिजन कार्यालयका फरेस्टर प्रेम विष्टले वसन्ताको दुई किलोमिटरमा पर्ने रूखको सङ्ख्याबारे प्रतिवेदन पठाउन केही दिनअघि वन मन्त्रालयले पत्र पठाएको जानकारी दिएको छ ।
उनले हुलाकी सडक आयोजनाको सहयोगमा चाँडै रूखको लागत प्रतिवेदन पठाइने जानकारी दिएको छ । उनका अनुसार सडकको मुख्य बिन्दुबाट दुवै किनारामा छ मिटरको परिधिमा काटिने रूखको सङ्ख्या विवरण मन्त्रालयले मागेको छ । संसदीय समितिका सभापति खड्का नेतृत्वको टोलीमा रहेका हुलाकी आयोजना धनगढीका इन्जिनीयर पदम मडैले एक–दुई दिनमै सडकको बिन्दु निक्र्यौल गरिने जानकारी दिएको छ ।
त्यस्तै २०६८ सालमा टेन्डर भएर पनि अझैसम्म निर्माण हुन नसेकेको भजनी नगरपालिका–५ लालबोझी ठेकीपुरको पुल पनि चाँडै निर्माण गर्न सभापति खड्काको टोलीले निर्माण कार्यमा संलग्न पक्षलाई निर्देशन दिएको छ । सो पुल निर्माणमा खटिएका इन्जिनीयर विकास कर्णले चालू आवको असार मसान्तमा सो पुलमा गाडी गुडाउने गरेर काम भइरहेको सभापति खड्कालाई जानकारी दिएको छ ।
टोलीमा समितिका सदस्य आशाकुमारी विक, कैलाली क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य गौरीशङ्कर चौधरी, पूर्वसभासद मदनकुमारी शाह, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र उपप्रमुख छाया देवकोटा, समितिका सचिव ओम कार्की, कर्मचारी र विज्ञको सहभागिता थियो ।
कैलाली खण्डको हुलाकी सडक निर्माण कार्य धेरै सकिएको भए पनि विभिन्न कारणले धनगढी क्षेत्र, वसन्ता क्षेत्र र भजनी लालबोझीका सडक तथा पुल निर्माण कार्य पूरा हुन नसकेको अनुगमनका क्रममा पाइएको सभापति खड्काले प्रतिक्रिया दिएका छन् । सो सडक बनेमा पूर्वपश्चिम राजमार्गको तुलनामा टीकापुर, भजनीका साथै नेपालगञ्ज पुग्नसमेत छोटो दूरी रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार