वाग्मती प्रदेशद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
नेपालबहस संवाददाता
फागुन २२, २०७६ शुक्रबार ०:५३:४७
२२ फागुन, काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा सङ्ग्रौलालाई धन्यवादसहित स्वास्थ्यलाभको कामना गरेको हो । बैठकले मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीलाई पनि धन्यवाद ज्ञापन गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।
बैठकले यस बाहेक कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हात नमिलाउन तथा नमस्कार गर्न प्रदेशवासीलाई अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई समेत कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको मुलुकको रुपमा जनाएपछि प्रदेश सरकारले यसका लागि प्रदेश मातहतका सबै अस्पतालमा छुट्टै उपचारकक्ष निर्माण गरिसकेको समेत जनाएको छ । प्रदेश सरकारले धेरै व्यक्ति भेला भएर गरिने कार्यक्रम नगर्नसमेत अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सरकारका लागि आवश्यक पर्ने विभिन्न संरचना निर्माण गर्नका लागि हेटौँडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको मन्त्री ढुङ्गेलले जानकारी दिएका छन् । यसैगरी प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत दिने, चालू आर्थिक वर्षका लागि प्रदेश विषेश अनुदानतर्फका थप योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले यसअघि साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानी गर्नेसम्बन्धी निर्णय खारेज गर्ने निर्णय गरेको छ । साझा यातायात सहकारी संस्थासँग मिलेर बस सञ्चालन गर्ने भनिए पनि सहमतिअनुसार काम नभएकाले सहमति खारेज गरिएको मन्त्री ढुङ्गेलले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार