आगजनीका घटनाप्रति महासंघको कडा आपत्ति, दोषीलाई कार्वाहीको माग

नेपालबहस संवाददाता
फागुन २२, २०७६ शुक्रबार १:३६:२२

२२ फागुन काठमाडौं । विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आक्रमण तथा आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले विहिवार विज्ञप्ति जारी गर्दै नेपाल सरकार, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई बारम्बार लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत आगजनीका घटनामा कुनै कमी नआएको उल्लेख गरिएको छ । यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने एवम् भौतिक पूर्वाधारका कार्यहरु समयमा हुन नसकी राज्यले लिएको लक्ष्य समेत पुरा हुन नसक्ने महासंघले जनाएको छ ।
महासंघका अनुसार कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा बुधवार राति अज्ञात समूहले स्काभेटर, व्यक्होलोडर गरी चार थान र जीप २ थानमा आगजनी गरेका छन् । हुलाकी राजमार्ग निर्माण गर्ने जिम्मा पाएको महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष रमेश शर्माको मुलुककै प्रतिष्ठित शर्मा एण्ड कम्पनी प्रा.लि.ले उक्त सडकखण्डमा निर्माण कार्य गरिरहेको महासंघले जनाएको छ ।
अज्ञात समुहद्घारा ग्यारेजमा राखिएको अवस्थामा आगजनी गरिएको घटनाबाट महासंघ स्तब्ध सँगसँगै आक्रोशित भएको र आगजनीबाट करीब ५ करोड रुपँैया बराबराको क्षति भएको जानकारी सम्बन्धित कम्पनीबाट महासंघलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । महासंघले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सफल शर्मा एण्ड कम्पनी प्रा.ली.कोे स्वामित्वमा रहेका निर्माण उपकरणहरुमा केही दिनअघि पनि देशका विभिन्न ठाउँमा आगजनी गरिएको थियो ।
विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको भन्दै महासंघले मुलुकमा शक्तिशाली सरकार रहेको वर्तमान अवस्थामा समेत व्यवसायी र उनीहरुका उपकरण निरन्तर असुरक्षित भइरहनु ठूलो बिडम्बना हो भनेको छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ । साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।
व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाकालागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार