अब पैसा जस्तै सुनलाई पनि निक्षेप राखेर ब्याज खान पाइने
नेपालबहस संवाददाता
फागुन २२, २०७६ शुक्रबार ४:९:५७
२२ फागुन काठमाडौं । के तपाईलाई अब बैंकमा सुन राखेर ब्याज पाइने भन्दा अचम्म लाग्न सक्छ ? तर नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ मा थप व्यवस्था गर्दै सुन राखेर ब्याज लिन पाइने व्यवस्था गरेको छ ।
तपाईले अब बैंक तथा वित्तीय संस्थामा सुनलाई पनि निक्षेप राखेर पैसा जस्तै अब ब्याज खान पाइने भएको छ । तर ब्याज पाउनका लागि न्यूनतम २५ ग्रामसम्म सुन बैंकमा नेपाल राष्ट्र बैंकले जनाएको छ । सुन निक्षेपको ब्याजदर बैंकले निर्धारण गर्न सक्नेछन् ।
बिहीबार परिपत्र जारी गर्दै बैंकहरुलाई कार्यविधि बनाएर सुन निक्षेपमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा नै नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाइने उल्लेख थियो ।
सरकारले ल्याएको योजना कार्यान्वयन गराउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो । तर यो सुविधा वाणिज्य बैंकहरुले मात्रै प्रदान गर्नसक्ने राष्ट्र बैंकले बताएको छ । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गराई लागू गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ ।
बैंकमा सुन निक्षेपमा राख्ने नीति तथा कार्यविधि :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार