कोरोना भाइरसका कारण अमेरिकी शेयर बजारमा गिरावट
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार १७:३६:८
सङ्क्रमण फैलनबाट रोक्नका लागि आठ दशमलव तीन अर्ब डलर बराबरको बजेट स्वीकृत
२३ फागुन एजेन्सी । इजरायल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । सात जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि शुक्रवार रातिदेखि नै प्यालेस्टिनी तथा इजरायलीहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको हो । यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुने बताइएकाे छ ।
यसैबीच, इजरायली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरायली सेनालाई आदेश दिएका छन् । यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एकमहिने सङ्कटकाल घोषणा गरेका छन् ।
अर्थतन्त्रमा असर
कोरोना भाइरसका कारण अर्थतन्त्रमा पर्नसक्ने असरको डरका कारण अमेरिकी शेयर बजारमा निकै गिरावट आएको छ।डाउजोन्स इन्डस्ट्रियलमा करिब नौ सय सत्तरी विन्दु अर्थात् तीन दशमलव ६ प्रतिशतले तल झरेको छ । उक्त भाइरस सङ्क्रमणका कारण विश्वभर पर्यटन उद्योगमा पहिले नै नकारात्मक असर पर्न थालिसकेको छ।
त्यसले गर्दा यात्रा, पर्यटन, उड्डयन, समुद्री यात्रालगायतका व्यवसायमा गम्भीर मन्दी आएको छ। अमेरिकी विमानसेवा कम्पनीका साथसाथै विमान निर्माता कम्पनीको शेयरमा पनि गिरावट आएको छ। कोरोना भाइरस कै कारण युरोपेली शेयर बजार पनि ओरालो लागेको छ।
बजेट पारित
यसैबीच अमेरिकी माथिल्लो सदन सिनेटले कोरोना भाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयासका लागि आठ दशमलव तीन अर्ब डलर बराबरको बजेट स्वीकृत गर्ने एउटा आकस्मिक विधेयक पारित गरेको छ। बुधवार उक्त विधेयक तल्लो सदनले पारित गरेको थियो ।
त्यसलाई अब राष्ट्रपति डोनल्ड ट्रम्पसमक्ष हस्ताक्षर गरी लागु गर्नका लागि पठाइनेछ । तीन अर्ब डलरभन्दा बढी कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न, ,परीक्षण गर्न र परीक्षणका लागि भाैतिक सामाग्रीकाे व्यवस्था गर्नका लागि खर्च गरिनेछ।
बाँकी रकम कोरोना भाइरसको सङ्क्रमणसँग लड्ने अन्तर्राष्ट्रिय पहलका लागि खर्च हुनेछ । कोरोना भाइरस सङ्क्रमण रोक्ने कार्यको नेतृत्व गरिरहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकासँग अहिले पनि उक्त भाइरस परीक्षण गर्ने पर्याप्त उपकरणहरू नभएको बताएका छन्।
उता इटलीले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण एक सय ४० जनाको मृत्यु भएको विश्वास गरेको बताएको छ।बुधवारको तुलनामा त्यो करिब ४० प्रतिशतको वृद्धि हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार