कम्रेडको जन्मदिनमा क्वात्राको शुभकामना
इन्द्र रिजाल
फागुन २३, २०७६ शुक्रबार १८:३४:५६
२३ फाल्गुण, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज बिहानैदेखि व्यस्त थिए । तारन्तर फोन आइरहन्थ्यो । सबैलाई उनी धन्यवाद भन्दै थिए ।
यही श्रृंखलालाई जोड्दै एउटा फोन आयो विशेष खाले । फोन गर्नेले भन्यो – आपकी शुभजन्म दिवस में ढेर सारी शुभकामनाएँ । नेता नेपालले धन्यवाद फर्काउन नपाउँदै उताबाटै भनियो – आपको शुभकामना देने के लिए महामहिम क्वात्राजी पधार रहें हैं, आपकी निवास में ।
त्यसपछि नेता नेपालको घरमा अर्कै माहोल छायो । हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाएका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा एकाबिहानै नेता नेपाललाई भेट्न कोटेश्वरस्थित घरै पुगे । निहुँ थियो – नेता नेपालको जन्मदिन । यसअघि सामान्य रुपमा मनाइने उनको जन्मदिन यसपाला भने विशेष नै बन्यो । नेपाल आउने वित्तिकै भारतीय राजदूतले उनलाई बिशेष महत्व दिएर भेट्नु अनौठो संयोग मात्र थिएन एउटा गतिलो सन्देश पनि थियो ।
क्वात्राको यो शैलीले भारतीय शासकको सोच र कार्यदिशासमेत थोर बहुत प्रष्ट बनाईदिएको छ । नेपालको आन्तरिक राजनीतिमा विशेष दख्खल दिने आरोपबाट भारत मुक्त भएको छैन । पछिल्लो राजनीतिक गतिविधिप्रति भारतको खास रुची रहेको छ । अर्थात नेपाल कम्युनिष्ट पार्टीभित्रको राजनीतिक खिचातानीमा नेता नेपाल र प्रधानमन्त्री केपी ओलीको अलग अलग कित्ता रहेको छ । यो कुरामो राम्रो ज्ञान भएको भारतीय राजदूतावासले आफ्नो रुची परोक्ष रुपमा प्रकट गरिदिएको छ ।
सरकारी पदाधिकारीलाई नभेटी नेता नेपाललाई भेट्न उनको घर नै पुगेका क्वात्राले भारतीय सरकारको प्राथमिकता र चाहना घुमाउरो पाराले स्पष्ट गरिदिएका छन् । परराष्ट्र मन्त्रालयसँग यसबारे कुनै जानकारी छैन । कूटनीतिक नियोग वा राजदूतले कसैलाई भेट्नु पर्दा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने नियम सामान्यतः सबैतिर रहेको हुन्छ । क्वात्रालाई यो जानकारी नभएको होइन । तरपनि उनी नेता नेपाललाई भेट्न उनको घरै पुगेका छन् ।
क्वात्रासँगको भेटबाट नेता नेपाल पनि हौसिएका हुन सक्छन् । किनभने आन्तरिक राजनीतिमा उनी प्रधानमन्त्री ओलीका बलिया प्रतिस्पर्धी हुन् । ओलीराजमा उनी न त सरकारमा बलिया छन् न पार्टी पंक्तिमा नै । साथै ओलीलाई पदमुक्त गर्नसक्ने ल्याकत उनको देखिंदैन । त्यसैले नेपथ्यमा बसेर पूर्वमाओवादी नेता पुष्पकमल दाहालको काँधमा बन्दूक राखेर फायरिङ गरिरहेका छन् ।
भारतीय पक्षको साथ र समर्थन प्राप्त भएको अवस्थामा आफू बलियो हुने उनको बुझाई रहेको देखिन्छ । तर क्वात्रासँगको उनको भेटलाई सरकारी पक्षले कसरी लिन्छ त्यो भने अहिले नै प्रष्ट छैन । दोस्रोपटक मृगौला प्रत्यारोपण गरेर अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले यो भेटलाई कसरी लिएका छन्, त्यो पनि आउने दिनमा स्पष्ट होला नै । तर हाललाई भने भारतीय पक्षले नेपालमार्फत आफ्नो उद्येश्य र चाहना पूर्ति गर्ने सन्देश भने दिन खोजेको बुझियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार