ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग व्यक्तिलाई फ्रिमा मोबाइल
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार १८:४२:४५
२३ फागुन काठमाडौं । कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई आज मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ ।
लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो । कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई पनि मोबाइल दिएको छ ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले लक्षित समुदायका व्यक्तिलाई उक्त सामग्री प्रदान गरे । वडा कार्यालयले चालू आर्थिक वर्षमा सो कार्यक्रमलाई रु चार लाख ८५ हजार बजेट विनियोजन गरेको थियो । सोही बजेटले मोबाइल खरिद गरेर ३७६ जनालाई वितरण गरिएको हो भने २९ जनालाई अझै अपुग रहेको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष चौधरीले चालू आवको नीतिगत निर्णयानुसार वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए । उनले लक्षित वर्गको सामाजिक सुरक्षाभत्ता उहाँहरुको बैंक खातामा जम्मा भइसकेको खबर अब मोबाइलमै आउने जानकारी दिए ।
प्रविधिको जमानामा वडा कार्यालयले एउटा उदाहरणीय कार्य गरेको नेपाल टेलिकम धनगढीका प्रमुख मल्लले बताए । वडा नं ७ का अध्यक्ष कमलप्रसाद चौधरीले ज्येष्ठ नागरिकलाई आफ्नो समस्या, गुनासो स्थानीय सरकारसमक्ष राख्न सहज होस् भनेर मोबाइल र सीमकार्ड वितरण गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार