राजविराजमा पहिलो चिल्ड्रेन पार्क बन्दै
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार १९:७:१४
२३ फागुन, सप्तरी । राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिएका छन् ।
२६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने उनले जानकारी दिएका छन् ।
सो कार्यको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको र ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिएका छन् । सो कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झाले समृद्ध नगर बनाउन विभिन्न काम भइरहेको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार