अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार १९:१५:३६
२३ फागुन काठमाडौं । अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो ।
गत फागुन ५ गते रातिको समयमा एक अज्ञात समूहले टावरसँग जोडिएका सबै तार र अन्य सामग्रीलाई तोडफोड गरेपछि गाउँपालिकाका सबै सेवाग्राही समस्यामा परेको वल्र्डलिङ कम्युनिकेसनका जिल्ला संयोजक रामजन रावतले बताए ।
रावतका अनुसार चैखेली गाउँपालिकामा रहेका वडा नं १ देखि ६ सम्मका कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, स्वयं चङ्खेली गाउँपालिका कार्यालय तथा सर्केगाड गाउँपालिकाको सिटिजन्स बैंकको कारोवार ठप्प हुनुका साथै इलाका प्रशासन, सर्केगाडका वडा कार्यालय, स्वास्थ्यचौकी तथा विद्यालय समस्या भएको महिला कल्याण फिल्ड संयोजक पदमराज हमालले बताए ।
सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुली गाउँपालिकाका नागरिक सेवा लिन सदरमुकाम सिमकोट नै धाउनुपर्ने बाध्य छन् । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा ‘इमर्जेन्सी डकुमेन्ट मेल’ गर्न समस्या भएको गाउँपालिका कार्यालयले जानएको छ । सो टावर तोडफोड गर्ने व्यक्तिको खोजीका लागि मिमि प्रहरीचौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार