प्रदूषण गराएको भन्दै नपाले भत्काएको इँटाभट्टा चिम्नी व्यवसायीद्वारा पुनःनिर्माण
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार १९:४८:५
२३ फागुन, काभ्रेलाञ्चोक । नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएको इँटा उद्योगका भट्टाचिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नपाले गत भदौ ८ गते नगरको २ र ३ नं वडाका आठ इँटा उद्योगको भट्टाचिम्नी क्रेन प्रयोग गरी भत्काएको थियो ।
नमोबुद्ध नपा–३ स्थित भैरवकुण्ड इँटा उद्योगले हाल एक भट्टाचिम्नी निर्माण गरेको छ । भक्तपुरका राम सुवाललगायत सात जनाको समूहद्वारा सञ्चालित उक्त उद्योगले चैत पहिलो साताबाट इँटा उत्पादन प्रक्रिया थाल्ने जनाएको छ । नपाले इँटा उद्योगको भट्टाचिम्नी भत्काएकै दिन इँटा उद्योगीले नपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उद्योगीको मुद्दामा गत भदौ १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले ‘छलफलबाट टुङ्गो नलागेसम्म नेपाल सरकार .(मन्त्रिस्तर) बाट मिति २०७५ साल जेठ १४ मा भएको निर्णय एवं सो निर्णयको आधारमा विपक्षी नमोबुद्ध नगरपालिकाको कार्यालयसमेतबाट भएका अन्य निर्णय हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नु तथा निवेदकको इँटा उद्योगमा कुनै हस्तक्षेप नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
नगरप्रमुख टिपी शर्माले व्यवसायीले नपाको स्वीकृतिबिना भट्टाचिम्नी निर्माण गरेको बताए । उनले भने, “एउटा शौचालय निर्माण गर्न त अनुमति लिनुपर्ने नियम छँदाछँदै नियमविपरीत भट्टाचिम्नी बनाइएको हो ।” उनले सर्वोच्च अदालतको दुवै पक्षलाई ‘यथास्थितिमा रहनु’ भन्ने आदेश भएको जिकिर गरेका छन् ।
भैरवकुण्ड इँटा उद्योगका सञ्चालक सुवालले कम्पनीमा दर्ता भएका कारण भट्टाचिम्नी बनाउन नपाबाट स्वीकृति लिनुनपर्ने बताएका छन् । “हामीले नियमानुसार कर तिर्दे आएका छौँ, नपाको विनियमावलीमा भट्टाचिम्नी बनाउन स्वीकृति लिनुपर्ने उल्लेख भए लिन्छौँ”, उनले भने । हाल निर्माण गरिएको भट्टाचिम्नी ‘सावर–जिकज्याक सिष्टम’ भएकाले प्रदूषणरहित सेतो धुवाँ निस्कने उनले बताए । इँटा उद्योग व्यवसायी सङ्घका जिल्लाध्यक्ष जीतेन्द्र खयामलीले सर्वोच्च अदालतले नगरपालिकालाई इँटा उद्योगलाई कुनै पनि हस्तक्षेप नगर्नु भन्ने आदेश भएका कारण उद्योगीले भट्टाचिम्नी बनाउन कुनै बाधा नहुने बताएका छन् ।
गत साल पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन आठबुँदे सहमति भएको थियो । सहमति कार्यान्वयन नभएपछि नगर कार्यालयले गत भदौ ८ गते वडा नम्बर २ र ३ मा सञ्चालन हुँदै आएका इँटा उद्योगको भट्टाचिम्नी भत्काएको नगरप्रमुख शर्माले बताएका छन् ।
सहमतिमा उल्लेखितबमोजिम नपाले व्यवसायीसँग भट्टाचिम्नी भत्काउँदाको लागत खर्च ‘सम्झौताबमोजिम क्षतिपूर्ति भराई पाऊ’ भनी अदालतमार्फत माग गर्दै आएको छ । सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुने उल्लेख गरिएको थियो । जिल्लामा रहेका २० मध्ये नमोबुद्धमा आठ इँटा उद्योग सञ्चालन हुँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार