कारागारमा थुनामा रहेका अभियुक्तलाई घातक सुई लगाएर मृत्युदण्ड
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २०:३३:२०
२३ फागुन एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा सन् २००४ मा तीन जना प्रहरी अधिकृतको हत्यामा सहयोगीको भूमिका निर्वाह गरेका एक व्यक्तिलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार एटमोर कारागारमा थुनामा रहेका अभियुक्त ४३ वर्षीय नाथानिल उड्सलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । मानव अधिकार समूहहरुले नाथानिल स्वयमले प्रहरी अधिकृतको हत्या नगरेका कारण मृत्युदण्ड दिइनु अन्यायपूर्ण भएको अन्तिमसम्म जिकिर गरेका थिए । अलाबामा राज्यमा यस वर्ष नाथानिललाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।
अलाबामा राज्यका सरकारी वकीलहरुले प्रहरी अधिकृतहरुको हत्यामा नाथानिल सक्रियतापूर्वक सहभागी भएको बताएका थिए । अमेरिकी सर्वोच्च अदालतले अन्तिम पटक नाथानिलको अपिललाई स्वीकार गरे पनि मृत्युदण्डको सजाय हुनबाट रोक्न सकेन । अलाबामाका गभर्नर के आइभीले पनि माफी दिन अस्वीकार गरेका छन् ।
उड्स र अर्का व्यक्ति केरी स्पेन्सरमाथि व्यक्ति हत्याको आरोप लागेको थियो । उनीहरु दुबैलाई मृत्युदण्ड दिने गरी अदालतबाट फैसला भइसकेको छ । यी दुई व्यक्तिले सन् २००४ मा बर्मिङघाममा खटिएका तीन जना प्रहरी अधिकृतको गोली हानी हत्या गरेका थिए । लागूपदार्थ लुकाएको आशंकामा एक घरमा छापा मार्नेक्रममा प्रहरी अधिकृतहरु कार्लोस ओवेन, हार्ले चिसोल्म र चाल्र्स बेनेटको हत्या भएको थियो ।
सरकारी वकिलहरुले स्पेन्सरले प्रहरी अधिकृतहरुमाथि गोली चलाएको बताएका छन् । यस घटनामा नाथानिलले सहयोगीको भूमिका निर्वाह गरेका थिए । हत्याका मुख्य आरोपी स्पेन्सरले उड्स शतप्रतिशत निर्दोश रहेको बताएका छन् । स्पेन्सरलाई पनि मृत्युदण्डको सजाय भइसकेको छ, तर मृत्युदण्डको मिति तोकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार